कृषि र पशुपालनबाट नै आम नागरिकलाई समृद्ध बनाउनु पर्दछ ऊर्जा, जलश्रोत तथा जलश्रोत मन्त्री वर्षमान पुनमगर


रोल्पा समाचारदाता
भाद्र २३ रोल्पा


ऊर्जा, जलश्रोत तथा जलश्रोत मन्त्री वर्षमान पुनमगरले नेपालमा संघीयताले देशका नागरिकलाई समृद्धि बनाउने कुरा बताउँदै संघीयताले किसान र पशुपालन क्षेत्रमा बढी भन्दा बढी बजेट विनियोजित गरी किसानवर्गहरुको जीवन स्तरमा परिवर्तन गर्न सकिने बताउनुभयो । उहाँले कृषि र पशुपालनबाटै नेपाल र नेपालीको जीवन स्तर विकास गर्नका लागि नै संघीय सरकार लागेको बताउनुभयो ।
उहाँले संघीयताले सबै क्षेत्रको विकास समानुपातिक ढंगले गर्नुपर्ने भएकोले गर्दा संघीय सरकारले नै पछाडि परेको क्षेत्रलाई नै राज्यको मूलधारमा ल्याउने नै भएको बताउनुभयो । उहाँले कृषि तथा पशु क्षेत्रमा अब प्रवृधि र आधुनिकरण गर्नका लागि नै हो । उहाँले बजेटबाट सम्पादित कार्यक्रमको प्रभावकारी अनुगमन गर्नका लागि स्थानीयततह र सरोकारवाला निकायको ध्यान दिनका लागि अनुरोध थियो ।


मन्त्री पुनमगरले कृषि अनुदान भन्दा उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकतामा दिनुपर्ने बताउनुभयो । उहाँले कृषि र पशुपालनक्षेत्रका वास्तविक कृषकलाई प्रदान गर्नुपर्ने बताउँदै विचौलिया र दलालहरुबाट बजेट तथा कार्यक्रम परिचालन गर्ने परम्परालाई अन्त्य गर्नुपर्ने बताउनुभयो । रोल्पा जिल्लामा विगतभन्दा वर्तमानमा पनि कृषि तथा पशुपालन क्षेत्रमा पनि विकास तथा सुधार भएको बताउँदै यसलाई अझै ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख भरतमणी पोख्रेलले कृषिको ज्ञान केन्द्र रोल्पाको बजेट विनियोजिट बारेमा जानकारी गराउनुभएको थियो । कृषि ज्ञान केन्द्र रोल्पाले कृषि क्षेत्रमा २ करोड ३५ लाख रुपैया बजेटको सार्वजनिक गर्नुभएको थियो । कृषि उत्पादन खाद्य तथा पोषण कार्यक्रम, कृषि स्मार्ट गाउँ सञ्चालन कार्यक्रम रहेको छ । रोल्पा जिल्लामा अभियानमुखी कृषि कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम, नवितम सिचाई आयोजना, क्रस कटिङ, लसुन प्याकेज, कृषि प्राविधिक क्षमताको विकास, महिला कृषि कार्यक्रम, कृषिमा नस्ल सुधार, सहकारी खेती लगायतमा बजेट प्रदान गर्न सकिने बताउनुभयो ।
यसै कार्यक्रममा पशु विज्ञ तथा भेटनेरी अस्पताल रोल्पाका सुदाम भट्टले रोल्पामा बाख्रा लगायत पशु पालन कार्यक्रमले नै रोल्पा जिल्लाका नागरिकको जीवन समृद्धि गर्न सकिने बताउनुभयो । उहाँले रोल्पा जिल्लाका किसानहरुले पशुपालनतर्फ उन्नतजातका बाख्रा पालन, कुकुरा पालन लगायतको क्षेत्रमा लगानी गरिने बजेटमा सबैको सहकार्यमा अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रम जिल्ला समन्वय समितिका रोल्पाका प्रमुख राजबहादुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सागर लामीछाने सञ्चालन गर्नुभएको थियो ।

You may also like