“रोल्पाको माओवादी केन्द्र नयाँ ढंगले अगाडी बढ्छ ” इन्चार्जराजबहादुर बुढामगर


रोल्पा समाचारदाता
लिबाङ रोल्पा , चैत्र १८


ं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज राजबहादुर बुढामगर (अविनास) ले नेकपा (माओवादी केन्द्र) कै योगदानले आमूल परिवर्तन भएको बताउँदै आगामी दिनमा देश र जनताको समद्धिका लागि अनवरत रुपमा लाग्ने बताउनुभयो । उहाँले रोल्पाको माओवादी केन्द्र विगतदेखिनै परिवर्तनमा ठूलो योगदान गरेको बताउँदै रोल्पा जिल्ला नयाँ ढंगले अगाडि बढ्ने बताउनुभयो ।
यस्तो विचार बुढामगरले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पा नगरालिकाको आठौँ पूर्ण बैठकलाई सम्वोधन गर्दै शनिबार बताउनुभयो ।
उहाँले नेपालको आमूल परिवर्तनका लागि जनयुद्ध सही, न्यायपूर्ण भएको बताउँदै त्यसलाई अपराधिक रुपमा प्रतिक्रियावादीहरुले सावित गर्न खोजेकोले त्यसका विरुद्धमा खवरदारी र विद्रोह गर्न सक्ने हिम्मत राख्नका लागि पार्टी कार्यकर्ताहरु तयार रहन समेत आग्रह गर्नुभयो ।
रोल्पा जिल्ला इन्चार्ज बुढामगरले नेकपा (माओवादी पार्टी) नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै समाजवादी राज्यव्यवस्था स्थापनाका लागि अगाडि बढेको बताउनुभयो ।
नेपालमा प्रचण्डको नेतृत्वमा देश समृद्धिको यात्रामा अगाडि बढ्ने भएकाले जनयुद्धकै नेतृत्व गर्नुभएका प्रचण्ड प्रधानमन्त्री हुँदा रोल्पा जिल्लाको विकास हुने समेत दावी गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बैंकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति रोल्पाका सचिव पर्ण केसी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सदस्य मनकुमारी घर्ती, लुम्बिनी प्रदेश कमिटि सदस्य ऋषिराम रोकामगर, प्रेस सेन्टर लुम्बिनी प्रदेश समिति अध्यक्ष मानसिंह विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।
आठौँ पूर्ण बैठकले रोल्पा नगरपालिकाका १० वटै वडामा पार्टीको ३ महिने अनभियानका माध्यमबाट पार्टी कार्यता र जनतामा जाने निर्णय गरेको छ । साथै जनताको बीचमा रहेका समस्याहरुलाई सरकारबाट सम्वोधन गर्नका लागि पार्टीले पहल गर्ने निर्णयसमेत गरको छ । रोल्पा नगरपालिकाका १० वटै वडामा सरकारबाट सम्पादन हुने कार्यलाई परिणाममुखी बनाउनको लागि पार्टी कार्यकर्ताहरुलाई सबै लाग्ने निर्णय गर्दै वडाभा भेला तथा बैठक गर्ने निर्णय गरेको छ ।
बैठकले रोल्पा नगरपालिकामा रहेका विभिन्न जनवर्गिय संगठनहरुको भेला, प्रशिक्षण, सम्मेलन लगायतका राजनीतिक बैचारिक तथा साँगठनिक कार्यक्रमलाई तीव्रतामा लग्ने निर्णय समेत गरेको छ ।


रोल्पा नगरपालिकाको बैठकमा रोल्पा नगरपालिकाका पदाधिकारी, कार्य समिति सदस्य, जनप्रतिधिहरु, जनवर्गिय संगठनका प्रमुखहरुको सहभागीता रहेको थियो ।
पार्टीको अभियान अन्तर्गत चैत्र मसान्तसम्म सबै कार्य सम्पादन गर्ने गरी लाग्ने निर्णय भएको रोल्पा नगरपालिका अध्यक्ष फविन्द्र आचार्यले बताउनुभयो । बैठक नगर अध्यक्ष फविन्द्र आचार्यको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव मोलङ घर्तीमगरले गर्नुभएको थियो ।

You may also like