दुई ठाउँमा मोतिया विन्दु छनौट शिविर सम्पन्न

कार्तिक २१
स्यूरी रोल्पा


सुनछहरी गाउँपालिका ४ नं. वडा स्यूरी रोल्पामा निःशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । आँखा विरामीहरुलाई आँखा उपचारमा थप सहयोग पुगेको छ ।

उक्त शिविरमा १४२ जनाले आँखा चेक जाँच गरेकामध्ये १७ जना मोतिया विन्दुको अप्रेसनका लागि सिरिस भएका छन् । ३ जना समान्या आँखाको अप्रेसनको लागि छनौट भएको समुदायिक आँखा केन्द्र लिबाङ रोल्पाको इञ्चार्ज ताराबहादुर वाइवाले बताउनुभयो । साथै सोही गउँपालिकाको ३ नं. वडा बाहिरी गाम रोल्पा स्थित स्वास्थ्य चौकीमा बुधार आाँखा शिविर सम्पन्न भएको छ ।

शिविरमा १८१ जनाले आँखा जाँच भएको थियो । ति मध्ये १६ जना मोतिया विन्दुको अप्रेसनका लागि छनौट भएका छन् भने ४ जना सामान्य अप्रेशनका लागि छनौट भएको उहाँले बताउनुभयो ।

सुनछहरी गाउँपालिका १ नं. वडा फुलिवन रोल्पा स्थित गाउँघर क्लिनिकमा २२ गते, सुनछहरी गाउँपालिका ७ नं. वडा जेल्बाङ रोल्पा स्थित स्वास्थ्य चौकीमा २३ गते, सुनछहरी गाउँपालिका ६ नं. वडा फगाम रोल्पा स्थित स्वास्थ्य चौकीमा २४ गते, सुनिल स्मृति गाउपालिका ७ नं. वडा तेबाङ रोल्पा स्थित स्वास्थ्य चौकीमा २५ गते, सुनिल स्मृति गाउँपालिका ८ नं. वडा अरेश रोल्पा स्थित स्वास्थ्य चौकीमा २६ गते, लुङ्ग्री गाउँपालिका ५ नं. वडा किलाचौर रोल्पा स्थित स्वास्थ्य चौकीमा २७ गते, लुङ्ग्री गाउँपालिका ६ नं. वडा गुम्चाल रोल्पा स्थित स्वास्थ्य चौकीमा २८ गते, लुङ्ग्री गाउँपालिका १ नं. वडा पाङ रोल्पा स्थित स्वास्थ्य चौकीमा २९ गते, लुङ्ग्री गाउँपालिका २ नं. वडा सिर्प स्थित स्वास्थ्य चौकीमा ३० गते, सुनिल स्मृति गाउँपालिका १ नं. वडा घोडागाउँ रोल्पा स्थित स्वास्थ्य चौकीमा २०७६ साल मंसिर महिनाको १ गते, सुनिल स्मृति गाउँपालिका २ नं. वडा खुंग्री रोल्पा स्थित स्वास्थ्य चौकीमा २ गते र सुनिल स्मृति गाउँपालिका ६ नं. वडा गजुल रोल्पा स्थित स्वास्थ्य चौकीमा ३ गते सञ्चालन गर्ने आयोजकले समय तालिमका नै सार्वजनिक गरेको छ । शिविर तिलगंगा आँखा प्रस्तिष्ठान गौशाला काठमाण्डौं, जिल्ला सामुदायिक आँखा केन्द्र लिबाङ रोल्पा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको संयुक्त आयोजनामा उक्त शिविर आयोजना हुँदै छ भने सुन्छहरी गाउँपालिका, लुङ्ग्री गाउँपालिका, सुनिल स्मृति गाउँपालिका र सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पा स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्थानीय व्यवस्थापनमा मोतिया विन्दुको निःशुल्क अप्रेसनको आयोजना गरिएको छ । सामुदायिक आँखा केन्द्र लिबाङ रोल्पाको इञ्चार्ज ताराबहादुर वाइबाले शिविरको समयवधिमा शिविरमा उपस्थिति भई आफ्नो आँखा जाँचका लागि हार्दिक अनुरोध गर्नुभएको छ ।

You may also like