कार्यक्रम सञ्चालनको निम्ति कार्य समिति सक्रिय बन्दै

कार्तिक १९ गते
लिबाङ रोल्पा


दलित महिला सचेतन केन्द्र (ड्वाक) नेपाल रोल्पाको पदाधिकारीको बैठक लिबाङमा आज सम्पन्न भएको छ । विभिन्न कार्यक्रम सञ्चालनको निम्ति कार्य समिति सक्रिय रणनीति अवलम्बन गरेको छ ।
संस्थाको अध्यक्ष रेखा सुनारको अध्यक्षमा सम्पन्न बैठकबाट विभिन्न महत्वपूर्ण निर्णयहरु सर्वसम्मत पारित भएका छन् । रोल्पा जिल्लाको १० वटा स्थानीयतहरुमा दलित महिला सचेतन केन्द्र नेपाललाई सुचिकृत यहि मिति २०७६ साल मंसिर महिनामा गरि सक्ने निर्णय पारित गरेका छ । स्थानीयतहरुमा संस्था सुचिकृतको निम्ति कार्य समितिका पदाधिहरुकारीहरुको जिम्मेवारी समेत निर्धारण गरिएको छ । संस्थाबाट विभिन्न कार्यक्रमहरु सञ्चालनका लागि सम्बन्धित निकायहरुका आवश्यक समन्वय सहकार्य गर्ने निर्णयहरु सर्वसम्मत निर्णय पारित भएको संस्थाको अध्यक्ष रेखा सुनारले जानकारी दिनुभयो । बैठकमा संस्थाको पदाधिकारी र सल्लाकारहरुको उपस्थिति थियो । संस्थाको पदाधिकारीले सल्लाकार लगायतका सरोकारवाला निकायहरुको सुल्ला सुझावलाई समेत आत्मसात गर्दै अगाडि बढ्ने कार्य योजना गरेको छ । विगत समयमा संस्थाबाट विभिन्न शीर्षकका कार्यक्रम समेत सम्पन्न भइ सकेका छन् ।

You may also like