प्रहरी शान्ति सुरक्षामा शक्तिशाली हुनुपर्छः जि.स.स. रोल्पा प्रमुख बुढा

प्रहरी शान्ति सुरक्षामा शक्तिशाली हुनुपर्छः जि.स.स. रोल्पा प्रमुख बुढा


This image has an empty alt attribute; its file name is प्रहरी-दिवस-क.jpg

२० असोज लिबाङ ।
शान्ति सुरक्षा कायममा प्रहरी शक्तिशाली बन्नुपर्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढामगरले धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले यस्तो धारणा ‘प्रहरी हुँ चल्ने गर्छु कानुनलाई मानी, दीन दुःखीको सेवा गर्छु कर्तव्य नै ठानी’ भन्ने मुल नारा सहित जिल्ला प्रहरी कार्यालय रोल्पाद्वारा आयोजित ६६ औं नेपाल प्रहरी स्थापना दिवसम आज व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो,‘नेपाल प्रहरीको ६६ औं दिवसको अवसरमा म हार्दिक शुभकमना व्यक्त गर्दछु । कर्तव्य पालनाको क्रममा जीवन गुमाउनु हुने अमर प्रहरीप्रति भावपुर्ण श्रद्वाञ्जली व्यक्त गर्दछु भने घाइते तथा अपाङ्ग प्रहरीहरुको सिघ्र स्वास्थ्य लाभको समेत कामना छ । नेपाल प्रहरी शक्तिशाली नहुँदा शान्ति सुरक्षामा प्रभाव परेको छ । शान्ति सुरक्षामा अरोरात्र जिम्मेवारी निर्वाह गरिरहेको प्रहरीलाई विभिन्न दबाबको कारण शान्ति सुरक्षा कायममा प्रभावित भएकोले प्रहरीलाई शक्तिशाली बनाउन राज्यको ध्यान दिनुपर्छ ।’

This image has an empty alt attribute; its file name is प्रहरी-दिवस-ख.jpg

बद्लिदो परिस्थितिमा नेपाल प्रहरीले अग्रनी भूमिका निर्वाह गरेको भन्दै उहाँले नेपाल प्रहरी कर्मचारीको भूमिकालाई प्रशंसा गर्नुभयो । विभिन्न समस्याका साथ नेपाल प्रहरीले शान्ति सुरक्षा सँगसँगै समाजमा नागरिक सचेतना फैलाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उहाँको धारणा छ । नेपाल प्रहरीप्रति नागरिक स्तरमा परेको नकारात्मक प्रभावहरू विस्तारै घटदै जाँदा पछिल्लो समयमा प्रहरी देख्दा शान्ति सुरक्षाको महशुस नागरिक स्तरमा बढेको उहाँले बताउनुभयो । जिल्लामा शान्ति सुरक्षा कायम लगायत सामाजिक विकृति विसंगतीहरुको सचेतना फैलाउन नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ । साथै विशिष्ट अतिथि रोल्पा नगरपालिकाका नगर प्रमुख पुर्ण के.सी, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले शुभकामना मनतव्य राख्नुभएको थियो ।
प्रहरी दिवसको अवसमार जिल्ला प्रहरी कार्यालय रोल्पाले कार्य सम्पादन उत्कृष्टि भुमिका निर्वाह गर्नुहुने उत्कृष्ट प्रहरी कर्मचारीहरू प्रहरी निरीक्षक कृष्ण रानामगर, प्रहरी नायव निरीक्षक विष्णु बहादुर रावत क्षेत्री, प्रहरी सहायक निरीक्षक विक्रम बि.क, प्रहरी सहायक निरीक्षक जय बहादुर बुढाथोकी, प्रहरी सहायक निरीक्ष गोविन्द अधिकारी, प्रहरी हल्वादार थल बहादुर विष्ट, प्रहरी हवाल्दार गोवर्धन थापा, प्रहरी जवान डिल बहादुर रोकाय, प्रहरी जवान पुर्ण बहादुर भण्डारी,प्रहरी जवान अनिल के.सी, प्रहरी जावन चन्द्र प्रकाश चन्द, प्रहरी जवान गणेत्र बस्नेत, प्रहरी जवान विमला गिरी पुरस्कृति हुनुभएको छ ।
साथै दिवसको अवसरमा विभिन्न प्रतियोगिताहरू सम्पन्न भएका छन्, जसमा
म्युजिकल चेयर प्रतियोगिताको प्रथम प्रहरी जवान लुमा योगी, द्वितीय प्रहरी जवान जानकी चौधरी, तृतीय प्रहरी जवान नर्मि घर्तीमगर, टेबल टेनिश (डबल्स्) प्रतियोगिताको प्रथम प्रहरी जवान जित बहादुर बुढाथोकी, द्वितीय प्रहरी हवाल्दार गोर्वध थापा र प्रहरी कार्यालय सहयोगी हेमन्त गिरी र तृतीय प्रहरी सहायक निरीक्षक जय बहादुर बुढाथोकी र प्रहरी जवान दिल बहादुर बुढा, व्याडमिन्टन (डबल्स्) प्रतियोगिताको प्रथम प्रहरी निरीक्षक कृष्ण रानामगर र प्रहरी हवाल्दार हरि प्रसाद विष्ट, द्वितीय प्रहरी सहायक निरीक्षक गोविन्द अधिकारी र प्रहरी जवान चन्द्र प्रकाश चन्द, तृतीय प्रहरी हवाल्दार कमान सिंह विष्ट र प्रहरी जवान पुष्कर बि.क.लाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

This image has an empty alt attribute; its file name is प्रहरी-दिवस-ङ.jpg

त्यसैगरी प्रहरी दिवसको अवसरमा अमर प्रहरीका परिवारहरुलाई सुनिता थापा, लक्ष्मी डाँगी, निमा थापा, राज कुमारी भुजेल, निम कुमारी राना, दुर्गा कार्कीलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । साथै जिल्ला प्रहरी कार्यालय रोल्पाले त्रिवेणी गाउँपालिका २ नुवागाउँ प्रहरी चौकीको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गादाताहरुलाई कदर पत्र प्रदान गरिएको थियो, जसमा मेहन्द्र बहादुर बुढा, कलि घर्ती मगर्नीलाई कदर पत्र र दोसल्लाह ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६ औं प्रहरी दिवसको शुभकामना सन्देश वाचन प्रहरी निरीक्षक कृष्ण रानामगरले गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is प्रहरी-दिवस-घ.jpg

कार्यक्रममा नेपाली कांग्रेस पार्टी रोल्पा जिल्ला सभापति किशोर कुमार आचार्य, नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एवम् रोल्पा जिल्ला अध्यक्ष हरि प्रसाद घर्तीमगर, रा.प्र.पा. रोल्पा जिल्ला अध्यक्ष गोविन्द वलामी, वटुक दल गणका गणपति प्रमुख सेनानी मणिराम थापा, सशस्त्र प्रहरी नायव उपरीक्षक होमनाथ भट्टराई, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाका प्रमुख चिरञ्जीवी बुढा, स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नोखराज पोख्रेल, रोल्पा अस्पताल रेउघा रोल्पाका डाक्टर प्रकाश बुढामगर, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्द, नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका सभपाति डिवी घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका प्रतिनिधि सचिव लोकेन्द्र चन्द  लगायत सरोकारवाला निकायहरुको आतिथ्यता थियो ।

This image has an empty alt attribute; its file name is प्रहरी-दिवस-ज.jpg

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढा, विशिष्ट अतिथि रोल्पा नगरपालिकाका नगर प्रमुख पुर्ण के.सी, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा लगायतका अतिथिहरू सहित सहभागिहरुले अमर प्रहरीहरुको स्मारीकामा अविरल्यापण सँगसँगै पुष्पहार अर्पण गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.ले गर्नुभएको थियो भने स्वाग प्रहरी निरीक्षक कृष्ण रानामगरले गर्नुभएको थियो ।

You may also like