नेपाली काँग्रेस पार्टी ८ जना कार्यकर्ताले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

नेपाली काँग्रेस पार्टी ८ जना कार्यकर्ताले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश
असोज २२ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is a6.jpg

रोल्पाको गंगादेव गाउँपालिकामा ८ जनाले नेपाली काँग्रेस पार्टी परित्याग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आज पार्टी प्रवेश गरेका छन् । पछिल्लो समयमा नेपाली काँग्रेस पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेशको लहर बढेको छ ।
पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश सदस्य एवम् गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले नेपाली काँगे्रस पार्टी परित्याग गरेका ८ जनालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनताको विश्वास जित्दै गएको र पूर्वाधार र सामाजिक विकासमा प्राथमिकताको कारण जनताको पार्टी भएको दाबी गर्नुभयो । नेपाली काँग्रेस पार्टीको क्रियाशिल सदस्य हरि बहादुर नेपाली, साधारण सदस्यहरु भक्त बहादुर सार्की, प्रशाराम सार्की, गंगा सिङ सार्की, टीका राम सार्की, नदे कामी, रते सार्कीले पार्टीको सदस्यता परित्याग गरी पार्टी प्रवेश गरेको हुन् । प्रमुख अतिथि खत्रीले पार्टी प्रवेशिहरुलाई अविर र माला लगाएर उहाँले पार्टी प्रवेश गराउँदै स्वागत गर्नुभएको हो । कार्यक्रममा गाउँ कमिटी सदस्यहरु धनमाली खड्का, लक्ष्मी बुढा लगाएत वडा कमिटी सदस्यहरुको उपस्थिति रहेको थियोे ।

This image has an empty alt attribute; its file name is a6.jpg

त्यस्तै कार्यक्रममा पार्टी प्रवेशी हरि बहादुर नेपालीले काँग्रेस पार्टीले जनतालाई धोका दिएको र अबको विकास सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वबाट नै सम्भव भएकाले पार्टी परित्याग गरि पार्टी प्रवेश गरेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गंगादेव गाउँपालिका ५ नं. वडा कमिटी सचिव वीर बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सोही वडा कमिटी सदस्य मान बहादुर खत्रीले गर्नुभएको थियो ।

You may also like