“नेपालका सबै समुदायको सँस्कृति समान हुन्छ ” नगर प्रमुख सुरेन्द्र थापा


समाचारदाता
भाद्र १४


रोल्पा नगर पालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरले सबैको धर्म, सँस्कृतिहरु समान भएको बताउँदै यसलाई सबैले आफ्नो धर्म, सँस्कृतिका लागि सचेतापूर्वक लाग्नु पर्ने बताउनुभयो ।
उहाँले यस्तो विचार जनै पूर्णिमा तथा रक्षा बन्धनको अबसरमा ईश्वरीय बिश्व बिद्यालय बह्मकुमारि राजरोगको प्रशिक्षणको आयोजनामा बिहिवार सम्पन्न लिबाङको कार्यक्रमलाई सम्वोधन गर्दै बताउनुभयो । उहाँले नेपालमा धार्मिक स्वतन्त्रता अनुसार सबैले आफ्नो सँस्कार, सँस्कृतिका लागि अन्य समदायको पनि स्वीकार गरी सम्बेदनशील बन्नु पर्ने बताउनुभयो । हाल उहाँले नेपालमा बढ्दै गएको विकृति, विसंगतिलाई न्यूनिरण गर्नका लागि सबैको धर्म, सँस्कृतिमा उल्लेख भएकाले नैतिकताको विकास गर्नका लािग लाग्न लाग्नुभएको छ ।


उहाँले सबैले सत्यको पक्षमा काम गरेमा सबैलाई हित हुने बताउँदै मानव समुदायले सबैले सत्यपक्षमा काम गर्दै अगाडि बढेमा हाम्रो समाजमा समृद्धि हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सम्वनय समिति रोल्पाका उप–प्रमुख कर्मलाल परियार, रोल्पा नगर पालिकाका उप प्रमुख गीता आचार्य, प्रमुख जिल्ला अधिकारी प्रमान्द घिमिरे, अधिबक्ता जित बिक्रम मल्ल, अधिबक्ता प्रेम प्रकाश हमाल, पत्रकार महासङघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिह बिक, पिताराज मा.बि.का प्रअ लिला आचार्य, बालमन्रि आधारभुत बिद्यालयको प्र.अ. मिलन मल्ल, मालश्री रेडियोका लोकेन्द्र चन्द लगायतको आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा ब्रहमकुमारी पुष्पाले सबैले आफ्नो कर्ममा सतकर्म गरी अगाडि बढेमा समाजमा अपराधहरु न्यूनिरकण हुने बताउँदै सबैले विकृति, विसंगति, नकरात्मक सोच त्याग्नका लागि रक्षा बन्धनको अवसरमा अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागीलाई स्वागत निमबहादुर सिंहले गर्नुभएको थियो ।

You may also like