लोकबार्ता परिषद्को राष्ट्रिय सम्मेलनको लागि सर्वपक्षीय

रोल्पा समाचारदाता
भाद्र १४ रोल्पा


लोक वार्ता परिषद् ९ औँ राष्ट्रिय सम्मेलनको सर्वपक्षीय बैठक समन्न भएको छ । रोल्पा जिल्लामा कात्तिक ४ देखि ७ गतेसम्म रोल्पा जिल्लामा हुने भएको छ । त्यस सम्मेलन सम्पनन गर्नका लागि तयारी बैठक बसेको छ ।
बैठकमा लोकवार्ता परिषद् ९ औँ राष्ट्रिय सम्मेलनका केन्द्रीय अध्यक्ष बम कुमारी बुढामगरले रोल्पा जिल्लामा रहेका लोक सँस्कृतिलाई उजागर गर्नका लागि यो सम्मेलनको आयोजना गरिएको बताउनुभयो । बुढामगरले लोकवार्ता भनेको रोल्पा जिल्लाका सबै नागरिकका लागि लोक जीवनका अवस्थालाई नेपाल र विश्वमा चिनाउनको लागि आयोजना गरिएको बताउनुभयो । साथै बुढामगरले रोल्पाले विगतको आन्दोलनमा महत्पूर्ण भूमिका निर्वाह गरेको जिल्लालाई लोक जीवनमा पनि आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो । सबैलाई यो कार्यक्रम सम्पन्न गर्नका लागि हार्दिकता पूर्वक लाग्नका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा रोल्पा नगरपालिका नगरप्रमुख पूर्णकेसी, नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोर कुमार आचार्य, नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति एवं समाजसेवी कृष्णबहादुर घर्तीमगर, सहायक प्रमुख जिल्ला अधिकारी नबराज शर्मा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रतिनिधी, रोल्पा वडा नं. २ का अध्यक्ष खिमबहादुर घर्तीमगर, रोल्पा नगरपालिका वडा नं. १० का वडा सदस्य शेरबहादुर थापा, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढामगर, नेपाल मगर विद्यार्थी संघ रोल्पाका अध्यक्ष कुमबहादुर पुनमगर, गैर सरकारी सँस्थाका निवर्तमान अध्यक्ष कर्णबहादुर बाठामगर, होटेल व्यवसायी संघ रोल्पाका अध्यक्ष गणबहादुर घर्तीमगर लगायतले प्रतिवद्धता राख्नुभएको थियो ।
कार्यक्रममा प्रस्ताव लेखन गरी सरोकारवाला निकायमा पेश गरिएको बताउनभयो । विभिन्न उपसमितिहरु निर्माण गर्ने, स्वर्गद्वारी नगरपालिकामा पेश गर्ने लगायतको छलफल गरेको बताउनुभयो । कार्यक्रम स्थानीय संयोजक भिमबहादुर बुढामगरको अध्यक्षतामा भएको थियो भने दामु मर्सिफूलले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रचार प्रशार समितिका संयोजक मानसिंह विश्वकर्माले गर्नुभएको थियो ।

You may also like