रोल्पा नगरपालिकामा कार्यरत कर्मचारीको बैठक सम्पन्न

रोल्पा नगरपालिकामा कार्यरत कर्मचारीको बैठक सम्पन्न
पुष १० गते
लिबाङ– रोल्पा

This image has an empty alt attribute; its file name is n2-1024x485.jpg


रोल्पा, रोल्पा नगरपालिकामा कार्यरत कर्मचारीहरुको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा नगरपालिकासँग सम्बन्धित विभिन्न शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
यस बठैकमा नगरपालिकाबाट आर्थिक वर्ष २०७७÷२०७८को हालसम्म प्रदान गरेको सेवा सुविधा र विभिन्न आन्तरिक विषयमा व्यापक छलफल भएको थियो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले समाजलाई सहि ट्रयाकमा ल्याउनका लागि वडा सचिवको अहम भूमिका हुने रहेको बताउनुभयो । कार्य सम्पादनको क्रममा कानुन, नीति नियम अनुसार काम गर्नुपर्ने उहाँले जोड दिनुभयो । नगरबासीहरुले जनप्रतिनिधि, कर्मचारी सराकारवाला निकायहरुको सक्रियतामा स्थानीय सरकार जनताको घरदैलोमा आएको अनुभुती हुनेमा धारणा प्रमुख प्रशासकीय अधिकृत पौडेल बताउनुभयो ।
त्यस्तै, बैठकमा नगरपालिकाको सबै शाखा प्रमुखहरुले आ– आफ्नो शाखाले प्रगति विवरण सहित आगामी योजनाहरु प्रस्तुत गर्नुभएको थियो । शिक्षा शाखा प्रमुख उपसचिव महेन्द्र पराजुलिले नीति कार्यक्रमलाई परिणाममुखि बनाउन जोड दिनुभयो । नगर शिक्षालाई प्रभावकारी बनाउनका लागि अनलाइन प्रविधिसँग जोडेर कार्यक्रमहरु तय गरिरहेको बताउनुभयो । साथै कृषि शाखा प्रमुख महेन्द्र पुनले टर्कीको ओखर लाउने तयारीमा रहेको बताउनुभयो । नगरका कृषकहरुलाई कृषिबाट आत्मनिर्भर बनाउने उपायसहित एकै वर्षमा फल्ने ओखरको नगरबासीलाई आकर्षण गर्ने बताउनुभयो । कोरोना भाइरस कृषि कार्यक्रमको समेत अनुगमनको योजना शाखाले तय गरेको जानकारी दिनुभयो ।
त्यसैगरी प्राविधिक शाखा प्रमुख ईन्जिनियर निम प्रसाद शर्माले प्राविधिक शाखाबाट स्टिमेट गरेर कतिपय कामहरु सम्पन्न भएको समेत बताउनुभयो । यस वर्ष समयमै निर्माण कार्यक्रम सम्पन्न हुने उहाँको भनाइ छ । भने योजना शाखा प्रमुख सुदिप डाँगीले यस वर्ष कोभिडका कारण केही कार्यक्रम हुन नसकेपनि कार्यक्रमहरु समयमै सम्पन्न गर्ने गरी कार्य सम्पादन भइरहेको बताउनुभयो । युवा स्वरोजगार कार्यक्रम प्रमुख मिशाना घर्तीले कार्यक्रमका लागि दश वटा वडाहरुमा आयोजना सर्वेक्षण भइरहेको बताउदै नगरका २७६ जना बेरोजगारका लागि नाम छनोट गरिने जानकारी दिनुभयो । कामको दौरानमा कामदारहरु घटनामा परेमा मन्त्रालयले रु ७ लाख बिमा दिने भएको छ । बैठकमा स्वास्थ्य शाखा प्रमुख टंक गिरी, सूचना प्रविधि शाखाका निशान आचार्य, परामर्श शाखा प्रमुख रश्मि न्यौपाने, तथ्याङ्क शाखा प्रमुख खिमा पुन, महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा घर्ती, पशु शाखा प्रमुख दिलमाया बिष्ट, आलेप शाखा प्रमुख हरि के.सी, जिन्सि शाखा प्रमुख विपिन कुंवर, वडाका सचिवहरुले आ–आफ्ना शाखाबाट प्रदान गरेका कार्यक्रम तथा सेवाहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन योजना शाखा प्रमुख सुदिप डाँगीले गर्नुभएको नगरपालिकाका प्रेस स‌याेजक देवी गुरुङले बताउनुभयाे ।

You may also like