थबाङमा ९ जनाको ¥यापिड टेस्टबाट कोरोना संक्रमित नभएको रिपोर्ट

थबाङमा ९ जनाको ¥यापिड टेस्टबाट कोरोना संक्रमित नभएको रिपोर्ट
बिमलराज डाँगी
८ वैशाख, थबाङ–रोल्पा ।


थबाङ गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएका ९ जनाको ¥यापिड टेस्ट परीक्षणबाट आज नोबेल कोरोना भाइरस संक्रमित नभएको रिर्पाेट आएको छ । जिल्लाका सबै स्थानीयतहरुमा ¥यापिड टेस्ट परीक्षण तीव्र रुपमा अगाडि बढेको छ, जसमा भाइरस संक्रमित नभएको रिर्पाेट आएको छ ।
यस गाउँपालिका केन्द्र थबाङ स्थित वीर बलभद्र नमूना मा.वि. थबाङ र भानुभक्त मा.वि उवाको क्वारेन्टाइनमा राखिएका १० जनामध्ये ९ जनाको ¥यापिड टेस्ट (आरडिटी) परीक्षण गर्दा सबैको रिर्पाेट कोरोना भाइरस संक्रमित नभएको रिर्पाेट आएको छ ।

लक डाउन लागू पश्चात् भारत, तेस्रोत मूलक सहित स्वदेशका विभिन्न ठाँउबाट घर फर्किएका ९ जनालाई जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत अनिल के.सी.को नेतृत्वको टिमले ¥यापिड टेस्ट (आरडिटी) परीक्षण गरिएको हो । एक जनाको आरडिटी परीक्षण गर्न बाँकी रहेको थबाङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तुलबहादुर पुनले बताउनुभयो । हामीले १४ दिनको क्वारेन्टाइन पश्चात् थबाङको क्वारेन्टाइनमा राखिएकाहरुलाई घर पठाएका थियौं । तर, पछि आरडिटी गर्ने समयमा उहाँ हाम्रो सम्र्पकमा आउनु भएन र उहाँ सम्र्पकमा आउन वित्तिकै आरडिटी परिक्षण गरिने संयोजक पुनले बताउनु भयो । आरडिटी टेस्टले शरिरमा भएको एंटीबडी क्षमताले भाइरससँग लड्ने क्षमता भए नभएको रिर्पाेट देखाउने गरेको स्वास्थ्य संयोजक पुनले बताउनु भयो ।

You may also like