२०६ औं भानु जयन्तीको अवसरमा रोल्पाका तीन जना साहित्यकार सम्मान

मानसिंह विश्वकर्मा
लिबाङ–रोल्पा
असार २९ रोल्पा


२०६ औं भानु जयन्तीको अवसरमा जिल्लाका अग्रज साहित्यकारहरुद्वारा स्थापित विभिन्न पुस्कारबाट जिल्लाका साहित्यक सर्जकहरुलाई सम्मान–पत्र र नगदले जिल्ला समन्वय समिति रोल्पाको नयाँ हलमा राप्ति साहित्य परिषद् जिल्ला शाखा रोल्पाद्वारा पुरस्कृत गरिएको छ । साहित्यिक सर्जकहरुलाई पुरस्कृत कार्यक्रमले साहित्यक क्षेत्रमा थप प्रोत्साहन गरेको छ ।
उक्त कार्यक्रकमको प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले साहित्यले जनताको सेवा गर्नु पर्ने बताउँदै भानुभक्तले नेपाली समाजलाई नयाँ गति प्रदान गरेकोले नै भानुभक्तको चर्चा भइरेको बताउनुभयो । यसैगरी कार्यक्रममा विशिष्ट अतिति रोल्पा नगरपालिका नगर प्रमुख पूर्ण केसीले आदिकवि भानुझक्त सिंगो नेपाली भाषा साहित्यका सर्जक भएको धारणा राख्दै साहित्यबाट जिल्लाको विकास गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा अतिथिहरु प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, साहित्यकार डी.वी.टुहुरो, नरेन्द्र गुरु लगायतले मनतव्य राख्नुभएको थियो । कार्यक्रमको अवसरमा साहित्यकार गीता निर्दाेषीद्वारा स्थापित ‘सरुपा चित्र नारी प्रतिभा’ पुरस्कार थबाङ गाउँपालिका थबाङ रोल्पा निबासी मगर्नी रामजीता पुरस्कृति हुँदै हुनुहन्छ भने साहित्यकार नरेन्द्र गुरुद्वारा स्थापित ‘देवकी दामोदार बाल प्रतिभा’ पुरस्कार सुनिल स्मृति गाउँपालिका गजुल रोल्पा निबासी अर्चित बाबु मर्सिफुल र निवन्धकार रोल्पा नगरपालिका–६ कोटगाउँ रोल्पा निबासी रुपकला बि.क. लाई सम्मान–पत्र र नगदले पुरस्कृत गरिएको छ । सम्मानित साहित्यकारहरुले साहित्यकार, घर परिवार र सबैको सहयोगले आफूहरु यो स्थानमा आएको प्रतिक्रिया दिनुभएको थियो ।

जयन्तीकै अवसरमा रचना वाचन समेत तया गरिएको छ । त्यसैगरी पुरस्कृत हुने साहित्यकारहरुको व्यक्तित्व परिचय अर्चित बाबु मर्सिफुलको साहित्यकार नविन लोचन मगर, मगर्नी रामजीताको साहित्यकार नारायण रेग्मी, रुपकला बि.क.को साहित्यकार अमर जि.एम.ले प्रस्तुत गर्ने कार्यक्रम समेत तय गरिएको छ । पुरस्कार छनौट समितिमा साहित्यकार डी.वी टुहुरो, गोकर्ण प्रसाद पुन, ओम पन्छीको एक समिति समेत गठन गरिएको छ ।

कार्यक्रम कविता उपाध्यक्षको अध्यक्षतामा सम्पन्न भएको थियो भने मनोज पुनमगरले सञ्चालन गर्नुभएको थियो । साथै कार्यक्रममा स्वागत साहित्यकार गोकर्ण पुनमगरले गर्नुभएको थियो ।
रोल्पा जिल्लामा साहित्यक गतिविधिहरुले साहित्य सर्जकहरुको विकासमा योगदान पु¥याएको छ । सम्मान कार्यक्रमले रोल्पा जिल्लाका साहित्यकाहरुलाई हौसला मिलेको सम्मानित साहित्यकार मगर्नी रामजितालेब बताउनुभयो ।

You may also like