जन्तरे पर्यटन विकासको पर्खाइमा

जन्तरे पर्यटन विकासको पर्खाइमा

जुनिश कुमार विष्ट
जैमकसाला–रोल्पा ।

रोल्पाको उत्तरी क्षेत्रमा पर्ने थबाङ गाउँपालिका ४ र ५ को लेक क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीय गन्तव्य जन्तरे पर्यटन विकासको पर्खाइमा रहेको छ । जन्तरे धार्मिक तथा पर्यटकीय दृष्टिकोणले उच्च सम्भावना बोकेको ठाउँ हो । पर्यटकीय दृष्टिकोणले निकै सम्भावना युक्त ठाउँ भएता पनि निकै दुर्गम, प्रचार–प्रसार र यातायात असहजताले ओझेलमा रहेको छ । प्राकृतिक सुन्दरताले भरीपूर्ण जन्तरे धार्मिक आस्थाको केन्द्र पनि हो । बराह देवतामा विश्वास गर्नेहरुको लागि साउने पुर्णिमा स्थानीयहरुले पुजापाठ गर्दै आइरहेका छन् । जन्तरे आतेको र मागेको पूरा हुने विश्वासको केन्द्र रहेको वडा नम्बर ४ घोराबाङ उवाका वडा अध्यक्ष उदिम घर्तीमगरले बताउनुभयो । उहाँका अनुसार स्थानीयहरू र विभिन्न ठाउँ थबाङ, पुर्वी रुकुम र रोल्पाको पुर्वी क्षेत्रका भक्तजनहरुले पुजापाठको गर्नुको साथै निशन्तान हुनेहरुलाई सन्तान वर र विभिन्न राष्ट्र सेवन कर्मचारीमा भर्ती हुन जानेहरुको लागि पहिलो पटक वर मागेर जानेर भर्ती भै सकेपछि फेरि थानमा आएर भेटी चढाउने गरेको स्थानीयबसीको भनाइ छ । जन्तरे यात्रा उवाको बस्ती हुँदै जन्तरे पुग्न सजिलो छ । अग्ला पहाडको फेदीमा गुजुमुज्ज भएर बनेका मगरबस्तीहरू नियाल्दै र डाँडापाखा भरी बुकीप फूलले ढकमक्क ढाकेको सुदुर क्षितिज देखिने डाँडापाखाहरू, खोलानाला र हरियाली वन जङगलहरू अवलोकन गर्दै उकाली बाटोको कुनै थकाइ नै महसुश नगरी उवाको तेलखोला, गुराँसे, घोराबाङ, जुत्तर गाउँबस्तीबाट २ घण्टाको पैदल यात्रा पछि पुगिन्छ ।
जन्तरेमा मौसम अनुसार सयौं प्रजातिका फूलहरू वर्षभरी नै फुल्ने गर्दछन् । हिउँदमा हिउँले ढाक्ने जन्तरे चैतदेखि जेठ अन्तिमसम्म गुराँसका विभिन्न प्रजातिहरू लगायत अन्य फूलहरू फुल्ने गर्दछन् भने असारदेखि भदौ अन्तिमसम्म चेमला, रथबिरथ ढक्नी, बिञ्जौरी लगायतका बुकी फूललहरू फुल्दछन् । यो लेक क्षेत्रमा विभिन्न जीवजन्तु, पशु पन्छि र विभिन्न प्रजातिका बोटबिरुवाहरुका साथै बहुमुल्य जडिबुटीहरू पनि पाइन्छ । यहाँ पदमचाल, चिराइतो, गुच्ची च्याउ, तिते, जतामसी समायो, सतुवा लगायतका जडिबुटी पाइन्छ । यस क्षेत्रमा चरिचरण खुला भएकोले विभिन्न बुकी फूल र जडीवुटी लोपोन्मुख अवस्थामा पुगेको स्थानीयहरुको भनाइ छ ।
टिकाचुलीबाट देखिने दृश्य

जन्तरेबाट केही माथि उकालियो भने टिकाचुली आउँछ । टिकाचुलीदेखि पुर्वी रुकुमका गाउँवस्तीहरू नियाल्नुको साथै सुदुर क्षितिजमा देखिने हिमाल शृङ्लाहरुले मननै लोभाउने गर्दछ । टिकाचुलीको अगाडि पुथा र सिस्ने हिमालले झनै मन लोभ्याउने गर्दछ ।
जन्तरेको विकासमा स्थानीय पहल–

This image has an empty alt attribute; its file name is j1-5.jpg


स्थानीय जनताको जनभावना अनुसार पुजापाठको लागि मुलगेट सहितको थान निर्माण सम्पन्न भएको छ । वडा नम्बर ४ उवाको रु ६ लाख आर्थिक सहयोगमा उक्त मन्दिर निर्माण भएको वडा अध्यक्ष घर्तीले जानकारी दिनु भयो । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तेलखोला दोभान हुँदै एउटा रुट, जुत्तर गाउँ हुँदै एउटा रुट र अर्को गुराँसे गाउँ हुँदै अर्को रुट हुँदै सोलिङ सहितको घोरेटोबाट निर्माण भइरहेको अध्यक्ष घर्तीले बताउनुभयो । साथै डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा २ किलो मिटर यात्रा ट्रेकिङ निर्माण पनि सम्पन्न भएको छ ।
वडाको आगामी योजना

This image has an empty alt attribute; its file name is j1-5.jpg

गाउँ बस्तीबाट हाल निर्माण भैरहेको सोलिङ (ग्राबेल) बाटो जन्तरेसम्म पु¥याउने, बाटोमा भएका प्राकृतिक पोखरी वन जङ्गल संरक्षण गर्ने र टिकाचुलीमा भ्यु टावर निर्माणको लागि पहल गर्ने साथै प्राकृतिक, संस्कृती, भाषा, धर्मलाई चिनाउन प्रयत्न गर्ने रहेको वडा अध्यक्ष घर्तीले बताउनुभयो । उहाँले पुर्वी रुकुमको भुमे गाउँपालिकाको सीमानादेखि थबाङ उवाको माथिल्लो भेग जन्तरे हुँदै सुनछहरी गाउँपालिका १ सेरमको तिलाचन दह हुँदै गामको बिबाङ दहसम्म साइकल रेस्कको ट्रेकिङ रुटको लागि छलफल चलाउने योजना वडा रहेको छ ।
कसरी पुग्ने त जन्तरे

This image has an empty alt attribute; its file name is j1-5.jpg

रोल्पाको पुर्वी व्यापारीक केन्द्र सुलिचौरदेखि पोबाङ उवा हुँदै थबाङसम्म मोटरबाटो पुगेको छ । त्यस बाटोको उवा क्षेत्रको थर्पु गाउँबाट घोराबाङ, तेलखोला र जुत्तरसम्म मोटरबाटो पुगेको छ । त्यहाँसम्म गाडीमा गएर दुई घण्टा पैदल हिडेपछि पुगिन्छ जन्तरे । आजभोलि अत्यधिक वर्षादको कारण बाटो बिग्रेकोले उवासम्म मोटर पुग्दै त्यसैले वर्षादमा जन्तरे जान अलि समस्या हुने गर्दछ । उता मध्यपहाडी लोक मार्गको पुर्वी रुकुम र बागलुङ जिल्लाको सीमाना पाटी फाल्नाबाट आधा घण्टा हिडेपछि तिलाचन पुगिन्छ तिलाचनदेखि एक घण्टाको हिडेपछि पनि पुगिन्छ जन्तरे । उता मध्य पहाडी लोक मार्गमै रहेको भुमे गाउँपालिका पुर्वी रुकुमको लुकुम गाउँबाट पनि पुगिन्छ । विभिन्न मौसममा जन्तरे घुम्न आउनेको संख्या बाक्लिदै गएको छ । अहिले उवासम्म मोटरबाटो पुग्नुको साथै मध्य पहाडी लोक मार्गको नजिक रहेकोले जन्तरे घुमफिर गर्ने पहिलेभन्दा अहिले बाक्लिदै गएको स्थानीय अश्मिता रोकामगरले बताउनुभयो । पहिले यातायातको सुविधा थिएन अहिले सुविधा छ । त्यसै ताढाका मान्छेहरु पनि जन्तरे घुम्न आउने गरेका छन् ।

You may also like