कोरोना रोक्न आमा समूह नै अग्रभागमा रहेर माक्स देखि घर घरमा सचेतना फैलाउँदै

रोल्पा समाचारदाता
बैशाख १४ सिबाङ रोल्पा


कोरोना विरुद्धका लडाईमा आमा समूह अग्रभागमा रहेका छन् । यसैक्रममा खर्कबाङ–सिबाङ स्वास्थ्य आमा समूह रोल्पा नगरपालिका वडा नं. २ सिबाङले आज प्रत्येक घरमा माक्स वितरण गरिएको छ । आमा समूहरुले सचेतना एवं मानिसको आनीवानीमा परिवर्तन गर्नका लागि माक्स वितरण गरिएको हो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडा अध्यक्ष खिमबहादुर घर्तीमगरले विश्वमै महामारी रुपमा कोरोनाभाइरस फैलिएकोले रोल्पा जिल्लामा संक्रमण नभएको बताउँदै यो खुशी कुरा बताउँदै आम समुदायको सक्रियताले मात्रै सम्भव भएको बताउनुभयो । उहाँले वडा कार्यालयको प्रमुख भूमिका भए पनि वडालाई सुरक्षित राख्नका लागि सबैको भूमिका भएको बताउनुभयो ।
वडा अध्यक्ष घर्तीमगरले समुदायको स्वास्थ्य अवस्था सुधार गर्नका लागि वडा सरकारको भूमिका नै पहिलो भएकाले आम नागरिकले गरेको भूमिका उच्च प्रशांसा गर्दै आगामी दिन पनि सहयोग र सहकार्य निरन्तरता दिनका लागि अनुरोध गर्नुभयो । उहाँले आगामी दिनमा पनि सबैको सहकार्यबाट कोरोना विरुद्धको जित्ने सकिने बताउनुभयो ।


यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष एवं रोल्पा समामाचार साप्ताहिक लिबाङ रोल्पाका प्रकाशक सम्पादक मानसिंह विश्वकर्माले कोरोना विरुद्धको लडाई जित्ने पहिलो हतियार आत्म अनुसासन नै भएकाले सबैले त्यसलाई परिपालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः–“आत्म अनुशासनको परिचालना गर्दा चीनबाट नै उत्पन्न भएको कोरोना भाइरस चीनमा नियन्त्रण भइसकेको छ तर आत्मअनुसासनमा नबस्दा अम्रेका लगायत शक्तिशाली देशहरुलाई पनि कोरोनाले तहसनहस बनाएको बताउनुभयो । नेपालका कोरोनाको संक्रमण रोक्नका लागि नेपालका सञ्चार मिडिया र सञ्चार माध्यमको पनि अहम भूमिका रहेको बताउनुभयो । आमा समूहले चालेको कदममा सधै साथ रहने बताउनुभयो ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि रोल्पा अस्पतालका सि.अ.हे.व. कुलबहादुर डाँगीले कोभिड १९ अर्थात कोरोना भाईर रोक्नका लागि मानिस स्वस्थ्य रहनका लागि खानपीनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले शरिरमा रोग प्रतिरोधी क्षमता बढाउनको लागि फलफूल खानुपर्ने, हात मिचि मिची धुनुपर्ने, जाड रक्सी नखाने, धुम्रपान पनि रोक्नु पर्ने बताउनुभयो । साथै सामाजिक रुपमा सचेतना सबैले फैलाउनु पर्ने बताउनुभयो ।


माक्र्स वितरण कार्यक्रममा वडा सदस्य खति घर्तीमगर, रेउघा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रजिता घर्तीमगर लगायत सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।
खर्कबाङ सिबाङ स्वास्थ्य आमा समूहका अध्यक्ष मुना बुढामगरको अध्यक्षतामा भएको थियो भने शान्ति पुनमगरले सञ्चालन भइरहेको थियो । आगामी दिनमा पनि आमा समूहले सन्तानका लागि र गाउँका लागि पहिलो प्राथमिकताकासाथ गाउँमा सचेतना फैलाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

 

You may also like