आई.एम.ई. लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

आई.एम.ई. लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडद्वारा मृत्यु दाबी रकम हस्तान्तरण


८ असाेज, लिबाङ–रोल्पा

आई.एम.ई. लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले लुङ्ग्री गाउँपालिका–५ रोल्पा निबासी एवम् सुलिचौर बजारमा पोल्ट्री फार्म सञ्चालक चेतमान गुरुङको श्रीमती उमा गुरुङलाई बुधबार मृत्यु दाबी रकम रु २२ लाख १० हजार प्रदान गरेको छ ।
मृतक गुरुङले आई.एम.ई. लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडमा २०७५ सालमा जीवन बिमा गर्नुभएको थियो । उहाँको कोरोना भाइरसको महामारीबाट २०७८ साल वैशाखको २९ गते मृत्यु भएको हो । आई.एम.ई. लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड लुम्बिनी–कर्णाली प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सिना, एजेन्सी प्रमुख विमला विष्ट, कम्पनीको क्षेत्रीय शाखा प्रबन्धक दिपेन्द्र रावत, एजेन्सी विजनसिंह, कर्मराज पौडेलको उपस्थितिमा मृत्यु दाबी रकम मृतक गुरुङका श्रीमती उमा गुरुङलाई हस्तारण गरिएको आयोजकले बताएको छ ।

This image has an empty alt attribute; its file name is m7.jpg

कार्यक्रममा लुम्बिनी प्रदेश–कर्णाली प्रदेश प्रेम प्रसाद तिमिल्सिनाले कोरोना भइरसको महामारीको समयमा डिजटल प्रविधिको प्रयोगबाट आवश्यक कागजत संकलन गरेर मृत्यु दाबी रकम प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘जीवन बिमाको पहँुच र सेवा घर–घरमा पुग्नु पर्छ । बिमा दाबी रकम छिटो, छरिटो र प्रभावकारी बन्न आजश्यक छ ।’ जीवन बिमा अनिवार्य बचत, वृद्धा अवस्थाको साहारा, मानवीय क्षति प्रत्यक्ष रुपमा ठूलो आर्थिक क्षति विरुद्वको सुरक्षा गर्ने उहाँको भनाइ छ । साथै आई.एम.ई. लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले समयमा नै मृत्यु दाबी रकम भुक्तानी गरेर आम नागरिकाको विश्वास जित्न सकेको भन्दै सेवाग्राहीको तर्फबाट बम बहादुर के.सी.ले धन्यवाद व्यक्त गर्नुभयो । बिमा कम्पनीले बिमा अवधिमा रहबखत सेवा प्रदान गर्दै आएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । त्यसैगरी रोल्पा जिल्लामा कम्पनीले निकट भविष्यमा सेवा प्रवाहका लागि तयारी सुरुवात गरेको छ ।

You may also like