तरुण दल क्षेत्री उपाध्यक्ष के.सी आज नेकपा (माके) मा प्रवेश


रोल्पा समाचारदाता
लिबाङ– रोल्पा

नेपाली काँग्रेस पार्टी निकटको तरुण दल रोल्पाका क्षेत्र नं. २ उपसभापति अमृत के.सी. ले पार्टीले नेपाली जनताको समृद्ध विकास र कार्यशैलील प्रति नेतृत्व असफल भएको भन्दै पार्टी र दलपूर्ण रुपमा परित्याग गरी नेकपा (माओजवादी केन्द्र) मा आज पार्टी प्रवेश गर्नुभएको छ ।
उहाँलाई नेकपा (माओवादी केन्द्र) रोल्पाका संयोजक सुरेन्द्र थापा घर्तीले लिबाङ आयोजित पार्टी प्रवेश कार्यक्रममा खादा ओढाएर अविर ल्यापन गरी पार्टी प्रवेश गराउनुभएको हो । अब समृद्ध विकासको एजेण्डा बाम गठबन्धनको आवश्यक भएकाले नेपाली काँग्रेस लगायत अन्य पार्टीहरुको कार्यकर्ताहरु प्रवेश गर्नेको लहर आउनु उहाँले बताउनुभयो । पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) को नीति सिद्वान्तमा रही आफ्नो सक्रिय भूमिका निर्वाह गर्नु समेत संयोजक घर्ती थापाले अनुरोध गर्नुभयो ।
पार्टी प्रवेशी के.सी.ले नेकपा (माओवादी केन्द्र) कै नीति सिद्वान्तलाई आत्मसात गरी पार्टीको हरेक कार्यक्रममा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । साथै उहाँले अब आफ्नो ठाउँका तरुण दल र नेपाली काँग्रेस पार्टीका कार्यकर्तालाई पनि नेकपा (माओवादी केन्द्र) नै प्रवेश गराउने अठोत व्यक्त गर्नुभयो । उहाँले नेपाली काँग्रेस पार्टीको नीति सिद्वान्त र नेतृत्व प्रतिको कार्यशैली प्रतिको असन्तुष्ट आफ्नो प्रेस विज्ञप्तीमा नै उल्लेख गर्नुभएको छ । सो कार्यक्रम नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्लाका जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन कार्यालय सचिव अशोक कुमार वली ‘परिवर्तन’ ले गर्नुभयो ।

You may also like