नेकपा प्रचण्ड–माधव समूह प्रदेश निर्वाचन क्षेत्र २ (ख) रोल्पाद्वारा होलेरीमा भव्य विरोध सभा

नेकपा प्रचण्ड–माधव समूह प्रदेश निर्वाचन क्षेत्र २ (ख) रोल्पाद्वारा होलेरीमा भव्य विरोध सभा
माघ १० गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is p1-1.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति एवम् पूर्व ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनमगरले प्रदेश निर्वाचन क्षेत्र २ (ख) कमिटीद्वारा होलेरी बजारमा प्रतिगमन कदमको विरोधमा आयोजित विरोध सभालाई शनिबार सम्बोधन गर्नुभएको छ ।
उहाँले देश विकास र समृद्धका लागि स्थायी सरकार नेपाली जनताले मतदान गरेको बताउँदै नेपाली जनताको भावना विरुद्व र नेपाली जनताले गरेको बलिदान, त्याग, तपस्याबाट निर्माण भएको संविधानसभा मार्फत बनेको संविधानमाथि नै जननिर्वाचित संसद विघटन गरी हमला गरेको बताउनुभयो । जनताको सार्वभौम सर्वाेच्च संस्था संसदको हत्या भएको, निरङ्कुश कदमप्रति सबै आन्दोलित हुनका लागि उहाँले अपिल गर्नुभयो । उहाँले सामावेशी, समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र लगायतका परिवर्तनको एजेण्डालाई आक्रमण गरी प्रतिगमनले देशलाई नै प्रतिगमनतिर अगाडि बढेको नेता पुनले बताउनुभयो । उहाँले जनताको पक्षमा कानुन र सरकार बनाउने काम नेपाली जनताको सर्वाेच्च निकाय प्रतिनिधिसभा नै विघटन गरेर देशमा प्रतिगमन गरेको बताउँदै त्यसको प्रतिगमनको विरोधमा आन्दोलन गर्नका लागि सबै तयार हुन अपिल गर्नुभयो । नेपालको संविधानमा दुई वर्षमा कुनैपनि सरकार परिवर्तन गर्न नपाईने गरी कानुन निर्माण गरेको स्थायी सरकारका लागि भएको व्यवस्थालाई पनि कुल्चेलर दल विभाजन, अध्यादेश, संविधानिक परिषद् नियुक्त, संसद विगठन केपी शर्मा ओलीले देशलाई दुर्घटनातिर दोह¥याएको नेता पुनले बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय शक्त केन्द्रहरुले नेपालमा बढी चलखेल गरेको विगतको परम्परालाई अन्त्य गरेको बताउँदै दल विभाजन, संविधान विघटन गर्न नपाईने संविधानमा उल्लेख गरेको बताउँदै संविधानभन्दा माथि गएर देश र नेपालीको हित विपरित गरेको उहाँले बताउनुभयो । उहाँले राजनीतिक नियुक्ति, सरकार सञ्चालन, पार्टीको नीति र विधि लगायतमा काम गर्नका लागि पार्टीले आह्वान गरेको थियो । तर, त्यसलाई सुधारतिर भन्दा पनि संसद विगठन गरी पार्टी, जनताको सपनालाई वेवास्ता गरी असंवैधानिक कदम चालको आरोप लगाउनुभयो ।


साथै, उहाँले सामाजिक न्याय, संविधानको मुल भावमा नै कुन्ठित हँुदैछन् । त्यसैले ओलीको प्रगितमनले देशलाई नै गम्भिर संकट उत्पन्न हुने बताउनुभयो । अदालले संविधानको मर्म भावना अनुसार, नेपाली जनताको भावनाको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गर्दै उहाँले प्रतिनिधिसभा पुर्नस्थापना र पार्टी आधिकारिक पनि प्रचण्ड–माधव नेपालको पक्षमा रहेको पार्टीले पाउने नेता पुनले बताउनुभयो । जनयुद्वको नेतृत्व गरेको प्रचण्ड १५ वर्षसम्म पार्टी सञ्चालन गरेका माधव नेपाल, शान्ति वार्ता र जनयुद्वको नेतृत्व कृष्ण बहदुर महरा रहेको पार्टी नै मुल पार्टी भएको ठोकुवा गर्दै केपी शर्मा ओली पार्टी फुटेर गएको एउटा टुक्रा मात्रै भएको बताउनुभयो । उहाँले अब प्रतिनिधिसभा पुर्नस्थापनाका लागि सबै राजनीतिकदल, संविधानविद, पूर्व न्यायधिश, नागरिक समाज, पत्रकार आम जनताले असंवैधानिक कदम भनेको बेलामा न्यायलयले आम जनताको पक्षमा फैसला गर्ने बताउनुभयो । प्रचण्ड–माधव नेपालको नेतृत्वमा रहेको पार्टीलाई आधिकारिक दिनका लागि कुनै आइबार पर्खिनु नपर्ने बताउँदै ढिलाई भएको बताउँदै छिटो फैसलाका लागि निर्वाचन आयोगलाई अनुरोध गर्नुभयो ।

This image has an empty alt attribute; its file name is p2-1.jpg

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्व सभामुख तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीमगरले केपी शर्मा ओली कम्युनिष्ट खोल ओढेका नकापधारी तानासाही शासक बनेको बताउनुभयो । रोल्पाबाट जनयुद्व शुरुवात गरी जनयुद्व र जनआन्दोलनकै कारणले संविधान निर्माण भएकोले आम रोल्पाली संविधान र गणतन्त्रको रक्षाका लागि फेरी एक धिक्का हुनुपर्ने बताउनुभयो । उहाँले विगतको जनयुद्व, जनआन्दोलनको बलमा संघीय, समानुपातिक, समावेशी, धर्मनिरपेक्ष लगायतको परिवर्तन भएको बताउँदै नेपाली जनताको त्याग तपस्या र बलिदानबाट जारी संविधानमाथि नै बज्रपात गरेको बताउनुभयो । उहाँले जनताले पाएको अधिकार संविधानबाटै प्राप्त गरेको बताउँदै जनताको अधिकारलाई संविधानमै नभएको गर्न नमिल्ले प्रतिनिधिसभा विघटन गरी देशमा प्रतिगमन गरेको धाराणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोः–“संविधानलाई र स्थायित्वका लागि मतदान दिएको । तर, उनी तानासाही बनेका छन् । तिनको विरोधमा संघर्ष गर्नुपर्दछ ।” साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मेखमणी चौधरीले केपी शर्मा ओलीले देशका लागि घाटक र प्रतिगमन गरेको बताउँदै त्यसको विरोधमा शसक्त संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले केपी ओलीले आफु प्रधानमन्त्री बन्नका लागि मात्रै पार्टी एकता गरेको बताउँदै उल्लेख गर्दै भन्नुभयो,“प्यूठान, बाग्लुङ, नवलपरासीमा विभिन्न पार्टीका उमेदवारलाई विजय गराउन भोट हाल्नका लागि ह्वीप जारी गरेका थिए । फगत आफू सरकार र प्रधानमन्त्री बन्नका लागि मात्रै एक सपना थियो, जो अहिले शाषक बनेका छन् ।” उहाँले शंकर पोखे्रल र आफ्नो निर्वाचन क्षेत्र दाङ भएकोले शंकर पोख्रेले आफ्नो जिल्लामा जिल्ला कमिटी बनाउन नसकेपछि आफूहरुले दाङबाट चारेको बताउनुभयो । उहाँले रोल्पा, प्यूठानमा आएर भ्रम होइन दाङ जिल्लामा आएर पार्टी निर्माण गरी निर्वाचन लडेर च’नाव जित्नका लागि चुनौती दिनुभएको छ । नेता चौधरीले केपी ओलीलाई तत्कालीन नेकपाका कार्यकताले केपी ओली विरामी भएको र मृत्यु सैयामा रहेको बेलामा सहानुभुतिका साथ मत प्रदान गरी मात्रै विजय बनाएको बताउनुभयो । ओली तानाशाही, खोक्रो राष्ट्रवाद, गैर कम्युनिष्ट भएको बताउनुभयो । पार्टीको केन्द्रीय सदस्य एवम् रोल्पा जिल्ला इञ्चार्ज दिपेन्द्र कुमार पुनमगरले राज्यको आर्थिक दोहन गरी पुल उद्घाटनको नाममा आफ्नो मतियारहरुलाई भेट्नका लागि आएको बताउँदै राज्यको सम्पत्ति दोहन गर्न नपाईने कुरा बताउनुभयो । जनताको करबाट उठेको रकमलाई दुरुपयोग गर्न नपाईने बताउँदै रोल्पा जहिले पनि परिवर्तन, क्रान्ति, विकास र समृद्धका लागि लड्नका लागि एक धिक्का हुनका लागि अनुरोध गर्नुभयो । यस सभालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, रोल्पा जिल्ला इञ्चार्ज एवम् लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिपेन्द्र कुमार पुनमगर लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । यस जिल्लामा पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा जिल्लाव्यापी विरोध सभा सम्पन्न गरी सकेको छ । अब थप कार्यक्रमहरु तय गरी अगाडि बढ्ने तयारी पार्टीले गरेको छ । यस कार्यक्रममा नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

You may also like