देउसी भैलोमा संकलित रकमबाट १० लाखको अक्षयको स्थापना

रेशम विश्वकर्मा
रोल्पा समाचारदाता
लिबाङ, कात्तिक १६


देउसी भैलोबाट संकलित रकमले भोज गरेर सक्ने संस्थाहरु धेरै छन् । तर पछिल्लो समयमा संकलित रकमबाट सामाजिक कार्य गरी जनहितमा काम गरिरहेको छन् । सामाजिक क्षेत्रका हितलाई मध्यनजर गर्दै शिक्षालाई पहिलो प्राथमिकता दिई रोल्पा नगरपालिका २ नंं. वडा रेउघा रोल्पा स्थित पितराज आधारभूत विद्यालयको आयोजनामा खेलिएको भैलो रकमबाट विद्यालयको अक्षयकोष स्थापना गरिएको छ । यो समाचार तयार पर्दासम्म अक्षयकोष स्थापनार्थका लागि सञ्चालित अभियानको क्रममा करिव ५ लाख रकम रंकलन भइसकेको छ ।
अक्षय कोष स्थापनाका लागि २०७६ सालको तिहारको अवसरमा देउसी भैला कार्यक्रम सम्पन्न गरिएको थियो । “सभ्य, शिक्षा र सुन्दर निर्माणको लागि शिक्षामा लगानी” भन्ने मुल नारासहित एक गला, एक कला समूह रोल्पा नगरपालिका २ नंं. रेउघा रोल्पाको आयोजना रोल्पा नगरपालिकाको विभिन्न ठाउँहरुमा भैलो टोली पुगेको थियो । जसमा खुमबहादुर थापामगर हुम्जा रोल्पा निबासी हाल वैदेशिक रोजगारबाट रु १ लाख, रोल्पा नगरपालिका रोल्पाको प्रमुख पुर्ण के.सी.बाट रु ६ हजार, रोल्पा नगरपालिका २ नंं. वडा अध्यक्ष खिम बहादुर घर्तीमगरबाट रु ३१ हजार, पूर्व अध्यक्ष तथा नेपाली काग्रेस पार्टीको नेता देउचन थापाबाट रु ५ हजार ५ सय, रेउघा सामुदायिक वनको अध्यक्ष तथा महिला नेत्री प्रजिता घर्तीमगरबाट रु ५ हजार २ सय, पश्चिम रुकुम भलाक्चा निबासी हाल ब्यबसायी रेउघा रोल्पा निबासी बिक्रम घर्तीमगरबाट रु ५ हजार, मधुरमा युवा क्लबको अध्यक्ष डम्बरसिंह खड्काबाट रु ५ हजार १५०, नेपाल प्रहरी (सब इनिस्पेक्टर) खैबाङ रोल्पा निबासी दामु श्रेष्ठबाट रु ५ हजार १५०, युबा ब्यबसायी एवं समाज सेवी खैबाङ रोल्पा निबासी निरज श्रेष्ठबाट रु ६ हजार २ सय, भारतीय सेना खैबाङ रोल्पा निबासी दिनेश श्रेष्ठबाट रु ५ हजार, रोल्पा नगरपालिका २ नं. वडा सदस्य खति घर्तीमगरबाट रु ६ हजार १०, निर्धोज घर्तिमगर तिजिंग डेरा रोल्पा निबासीबाट रु ५ हजार ५५, देउ कुमारी पुनमगर, (बल प्रसाद पुन) बाट रु ५ हजार ५, स्वास्थ्य स्वयम् सेवीका लालकुमारी पुनबाट रु ५ हजार, बलिमान पुनमगर, (गौकुमारी घर्तीमगर)बाट रु ५ हजार, दुर्गा प्रसाद पुनमगरबाट रु ५ हजार ५ सय, सान्तबहादुर घर्तीमगर ओखरबोटे रोल्पा निबासीबाट पूर्णबहादुर खड्काबाट रु ५ हजार १५०, गोरखबहादुर घर्तिमगर नयाँगाउँ रोल्पा निबासीबाट रु ७ हजार ५ सय, दुर्गा प्रसाद घर्तीमगर कुरकाट रोल्पा निबासीबाट रु ५ हजार १ सय, भिम बहादुर घर्तीमगर पोख्रबाङ रोल्पा निबासीबाट रु ५ हजार ५५, दिपेन्द्र सिंह ठकुरी बजंगे रोल्पा निबासीबाट रु २५ हजार, नन्दबहादुर घर्तीमगर खड्का टोल रोल्पा निबासीबाट रु ५ हजार ६ सय, चन्द्रबहादुर घर्तीमगर, रोल्पा अस्पताल निर्माणबाट रु ५ हजार ५५५, रमेश बुढामगर सिमलबाङ रोल्पा निबासी हाल कोरियाबाट रु २५ हजार, बिमला पुन खाडाबाङ रोल्पा निबासी क्वापातालबाट रु २५ हजार, धनबहादुर पुनमगरबाट रु १० हजार, बलबहादुर डाँगीबाट रु १० हजार, भिमबहादुर पुनमगरबाट रु १० हजार, श्याम डाँगीबाट रु १० हजार, इन्द्रबहादुर डाँगीबाट रु १० हजार, चन्द्रबहादुर डाँगीबाट रु १० हजार, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक कुमार घर्तीमगरबाट ७ हजार ७७०, गोरख घर्तिमगर नयाँगाउँ सिबाङ रोल्पा निबासीबाट रु ७ हजार ५ सय, निरज श्रेष्ठ खैबाङ रोल्पा निबासीबाट रु ६ हजार २ सय, चामबहादुर पुनमगर खाडाबाङ रोल्पा निबासीबाट रु ५ हजार ५०, फर्कराज पुनमगरबाट रु ५ हजार १ सय, चित्रबहादुर खत्री रोल्पा अस्पस्ताल कर्मचारीबाट रु ५ हजार ५ सय ५०, कमारी थापामगर हुम्जा रोल्पा निबासीबाट रु ५ हजार ५ सय ५५, बुद्धिबल थापामगर हुम्जा रोल्पा निबासीबाट रु ५ हजार ६ सय ५०, सुकमान थापामगर हुम्जा रोल्पा निबासीबाट रु ५ निबासी, अमृत पुनमगर सिक्ना रोल्पा निबासीबाट रु ५ हजार ५०, मीना कुमारी बुढामगर सिक्ना रोल्पा निबासीबाट रु ५ हजार ५ सय ५, नरबहादुर बुढामगर वरबाङ रोल्पा निबासीबाट रु ५ हजार १ सय ६०, हर्कराज पुनमगर सिक्ना रोल्पा निबासीबाट रु ५ हजार ५ सय, चित्रबहादुर खत्री रोल्पा अस्पताल कर्मचारीबाट रु ५ हजार ५ सय ५०, सुन्दरकुमार बुढामगर सिक्ना रोल्पा निबासीबाट रु ५ हजार १ सय, नवीन बुढामगरबाट रु ५ हजार १ सय, कृष्णबहादुर डाँगी, सिमलबाङ रोल्पा निबासीबाट रु ५ हजार, कृष्ण बहादुर बुढामगर सिमलबाङ रोल्पा निबासीबाट रु ५ हजार, हस्त कुमारी बुढामगर सिमलबाङ रोल्पा निबासीबाट रु ५ हजार, आइतराम बुढामगर सिमलबाङ रोल्पा निबासीबाट रु ५ हजार, गङगी डाँगी सिमलबाङ रोल्पा निबासीबाट रु ५ हजार, हरी बुढामगरबाट रु ५ हजार, शेरबहादुर घर्तीमगरबाट रु ५ हजार, सुरेश पुनमगरबाट रु ५ हजार, हेमसिङ घर्तीमगरबाट रु ५ हजार, खड्कबहादुर डाँगी सिमलबाङ रोल्पा निबासीबाट रु ५ हजार, सबिन घर्तीमगरबाट रु ५ हजार, जीवन बुढामगरबाट रु ५ हजार, प्रथमान घर्तीमगरबाट रु ५ हजार, नगेन्द्र बुढामगर मुलपानी रोल्पा निबासीबाट रु ५ हजार १ सय, शागर बिक्रम ड़ाँगी क्याम्पस बस्ती रोल्पा निबासीबाट रु २५ हजार ५ सय ५५, नीमकुमारी सिंह पर्यटन बस्ती रोल्पा निबासीबाट रु २५ हजार ५ सय ५५, पदम थापामगर काप्रेखर्क रोल्पा निबासीबाट रु ५ हजार ५, महेश थापा काप्रेखर्क रोल्पा निबासीबाट रु ५ हजार ५, अनन्त थापामगर काभ्रेखर्क रोल्पा निबासीबाट रु ५ हजार ५, भिम थापामगर, काप्रेखर्क रोल्पा निबासीबाट रु ५ हजार ५, बीरबहादुर बुढामगरबाट रु ५ हजार ५, प्रेम कुमार बुढामगरबाट रु ५ हजार, भरत थापामगरबाट रु ५ हजार ४५, आजिमाला बुढामगरबाट रु ५ हजार, दलबहादुर घर्तीमगर उपल्लोगाउँ रोल्पा निबासीबाट रु ५ हजार, केशब भक्त घर्तीमगर उपल्लोगाउँ रोल्पा निबासीबाट रु ५ हजार, धनबहादुर घर्तीमगर उपल्लोगाउँ रोल्पा निबासीबाट रु १० हजार, जगबहादुर ओली देउराली रोल्पा निबासीबाट रु ५ हजार, हर्कबहादुर डाँगी (समाजसेवी ब्यबसायी) जंकोट निबासी हाल रेउघा रोल्पा निबासीबाट रु १० हजार रकम देउसी भैला कार्यक्रममा आर्थिक सहयोग गर्नुभएको थियो । विद्यालय सञ्चालनको निम्ति रु १० लाख अक्षय कोष स्थापना गर्ने उद्वेश्य सहित आर्थिक संकलन अभियान तीव्र रुपमा अगाडि बढाएको सिनियर अ.हे.व एवं समाज सेवी कुलबहादुर डाँगीले जानकारी दिनुभयो ।


विद्यालयमा अक्षय कोष स्थापनाकै निम्ति पूर्व विद्यार्थी मञ्चले समेत आर्थिक संकलन गरिरहेको डाँगीले बताउनुभयो । यो समाचार तयार पर्दासम्म समूहले नगद ५ लाखभन्दा बढि रकम संकलन भएको आयोजकले बताएको छ । विद्यालयमा रु १० लाखको अक्षय कोष स्थापनाको लागि बाँकी रकम रोल्पा नगरपालिका २ नं. वडा कार्यालय र नगरपालिकामा विशेष पहल गर्ने वडा अध्यक्ष खिमबहादुर घर्तीमगरले बताउनुभयो । विद्यालयमा अक्षय कोष स्थापनाको निम्ति विद्यालय व्यवस्थापन समिति लगायत सरोकारवाला निकायहरुको आ–आफ्नो ठाउँबाट सक्रियता देखाएका छन् । हालसम्म विद्यालय सञ्चालनको निम्ति अभिभावकबाट समेत रकम संकलन गर्नुपर्ने बाध्यत्म अवस्था भएको हुँदा अक्षयकोषबाट विद्यालय सञ्चालनमा सहजता ल्याउन सरोकारवाला निकायहरु सक्रिय बन्नुभएको छ । यो आफैमा सुखीको कुरा हो । समाजिक अभियान्ताहरुलाई सक्दो आर्थिक, नैतिक सबैले सहयोग गर्न आवश्यक छ ।
त्यसैगरी विद्यालयको अक्षय कोष स्थापनाको निम्ति आर्थिक सहयोग गर्ने सहयोगी दाताहरुलाई निम्नि अनुसारको सम्मानको समेत विद्यालय परिवारले व्यवस्था गरेको छ । जसमा रु १ देखि रु ९९९ सम्मको सहयोगी दातालााई विशेष कार्यक्रममा घोषणा गरिने, रु १ हजारदेखि रु १ हजार ९९९ सम्मको सहयोगी दातालााई विशेष कार्यक्रममा घोषणा र रेडियोबाट नाम प्रसारण गरिने, रु २ हजारदेखि रु २ हजार ९९९ सम्मको सहयोगी दातालााई विशेष कार्यक्रममा घोषणा, रेडियोबाट नाम प्रसारण र फलेक्स प्रिन्टमा नाम उल्लेख गरी राख्ने, रु ३ हजारदेखि रु ४ हजार ९९९ सम्मको सहयोगी दातालााई विशेष कार्यक्रममा घोषणा, रेडियोबाट नाम प्रसारण र फलेक्स प्रिन्टमा नाम उल्लेख गरी राख्ने र सम्मान पत्रले सम्मान गर्ने, रु ५ हजारदेखि रु ९ हजार ९९९ सम्मको सहयोगी दातालााई विशेष कार्यक्रममा घोषणा, रेडियोबाट नाम प्रसारण, फलेक्स प्रिन्टमा नाम उल्लेख गरी राख्ने र सम्मान पत्रले सम्मान गर्ने र सिलालेखमा नाम उल्लेख गरिने, रु १० हजारदेखि २४ हजार ९९९ सम्मको सहयोगी दातालााई विशेष कार्यक्रममा घोषणा, रेडियोबाट नाम प्रसारण र फलेक्स प्रिन्टमा नाम उल्लेख गरी राख्ने र सम्मान पत्रले सम्मान गर्ने र सिलालेखमा नाम उल्लेख र तीन पुस्ते नाम उल्लेख गरिने, रु २५ हजारदेखि ९९ हजार ९९९सम्मको सहयोगी दातालााई विशेष कार्यक्रममा घोषणा, रेडियोबाट नाम प्रसारण र फलेक्स प्रिन्टमा नाम उल्लेख गरी राख्ने र सम्मान पत्रले सम्मान गर्ने र अलग सिलालेखमा तीन पुस्ते नाम उल्लेख गरिने, रु १ लाखदेखि रु ४ लाख ९९ हजार ९९९ सम्मको सहयोगी दातालााई विशेष कार्यक्रममा घोषणा, रेडियोबाट नाम प्रसारण र फलेक्स प्रिन्टमा नाम उल्लेख गरी राख्ने र सम्मान पत्रले सम्मान गर्ने र अलग सिलालेखमा तीन पुस्ते नाम उल्लेख र विद्यालयको संरक्षक बनाउने, रु ५ लाखभन्दा माथि सम्मको सहयोगी दातालााई विशेष कार्यक्रममा घोषणा, रेडियोबाट नाम प्रसारण र फलेक्स प्रिन्टमा नाम उल्लेख गरी राख्ने र सम्मान पत्रले सम्मान गर्ने र सिलालेख सहित विद्यालय परिसरमा अर्धकदको सालिक निर्माण गर्ने जस्ता सम्मानको विद्यालय परिवारले व्यवस्था गरेको छ । “सभ्य शिक्षित र सुन्दर समाज निर्माणको लागि शिक्षामा लागनी” भन्ने मुल नारा सहित पितराज आधारभूत विद्यालय रोल्पा नगरपालिका २ नं. रेउघा रोल्पाको अक्षयकोष स्थापनाको लागि एक गला, अनेक कला संस्कृति समूहले देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो । ज्ञानको ज्योती फौलाउने शिक्षा क्षेत्रमा सक्दो आर्थिक सहयोग गर्नु आफैमा राम्रो पक्ष हो । विद्यालयको विकासको निम्ति यसरी नै विभिन्न कार्यक्रमबाट आर्थिक संकलन गरी विद्यालयको हरेक आवश्यकताहरु परिपूर्ति गरी प्रभावकारी शिक्षा हासिलनमा सक्रिय बन्नु भएका समाज सेवाहरुलाई सबै सक्दो सहयोग गर्नु पर्दछ । जसबाट समाज सेवीहरुले सञ्चालन गरेको सामाजिक अभियानले पूर्णता पाउन सक्छ । सामाजिक अभियान पूर्णता दिन सरोकारवाला निकाय र आम आम नागरिकको भूमिका सक्रियताको अपरिहार्यता हो । शिक्षा क्षेत्रमा लगानीले निकट भविष्यमा सामाजिक क्षेत्रका विकासमा महत्वपूर्ण टेवा पुग्दछ ।
हरेक दैसी भैलो टिमबाट संकलित रकमले यस्तै आफ्नो गाउँको विकासका लागि सामाजिक क्षेत्रमा लगानी गरेमा सामाजिक रुपान्तरण र सामाजिक परिवर्तनका लागि कोसेढुङ्गा सवित हुनेछ । यसका लागि संकलित रकमबाट भोज, भ्रमण लगायतको क्षेत्रमा खर्चिनु भन्दा यस्तै सामाजिक कार्यमा खर्चिउएपछि राम्रो हुन्थ्यो की ?

You may also like