अखिल क्रान्तिकारी रोल्पाको प्रथम बैठक सम्पन्न

अखिल क्रान्तिकारी रोल्पाको प्रथम बैठक सम्पन्न

This image has an empty alt attribute; its file name is k6-1024x768.jpg


२८ भाद्र, लिबाङ ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी रोल्पाको प्रथम बैठक सोमबार लिबाङमा माओवादी केन्द्रको पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

बैठकको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला संयोजक सुरेन्द्र थापा घर्ती, अतिथि अखिल क्रान्तिकारी रोल्पाका फ्याक्सन इञ्चार्ज आलोक पुन मगर, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य एवम् रोल्पा जिल्ला इञ्चार्ज सुमित कुमार राणा, वाइसिएल लुम्बिनी प्रदेश कमिटी सदस्य प्रकाश डाँगी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सदस्य विनोद बुढामगरको आतिथ्यता थियो ।

जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा भएको बैठकले विभिन्न प्रस्तावमा छलफल गरि निर्णय पारित गरेको छ, जसमा २२ औं राष्ट्रिय सम्मेलन प्रतिनिधिमा जिल्ला अध्यक्ष अशोक वली ‘परिवर्तन’, उपाध्यक्षहरू पार्वती घर्ती, सनिदेवल बुढा, जीवराज बुढाथोकी, सचिव उमेश पुन मगर छनोट हुनुभएको छ भने प्रदेश सम्मेलन प्रतिनिधिमा दीपक डाँगी, धिरज घर्ती मगर, सुमन विश्वकर्मा, विमल बुढा मगर, नरेन्द्र घर्ती, दीपेन्द्र घर्ती, दीपक नेपाली, मिना घर्ती छनोट हुनुभएको छ ।
साथै बैठकले ९ जना पदाधिकारी सहित १५ सदस्यीय सचिवालय गठन गरिएको छ, जसमा कमल डाँगी, दीपेन्द्र घर्तीमगर, निला गुरुङ, श्याम घर्तीमगर, देवेन्द्र पुन मगर, चन्द्र रोका मगरलाई चयन गरेको छ । विद्यार्थी भेटघाट तथा स्थलगत अवलोकनका लागि २०७८ असोज मसान्तसम्म रोल्पाका सबै शैक्षिक संस्थाका विद्यार्थीसँग भेटघाट तथा विद्यार्थीका समस्याहरुको बारेमा जानकारी लिने निर्णय गरिएको छ । अखिल क्रान्तिकारी रोल्पा जिल्ला अध्यक्ष अशोक वली ‘परिवर्तन’को अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला कमिटी पदाधिकारीहरुको उपस्थिति थियो ।

You may also like