स्वास्थ्य विमा सम्बन्धि साझा सभा सम्पन्न

स्वास्थ्य विमा सम्बन्धि साझा सभा सम्पन्न

This image has an empty alt attribute; its file name is h6.jpg


२८ भाद्र, लिबाङ ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सोमबार स्वास्थ्य विमा विषयक साझा सभा कार्यक्रम लिबाङमा सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is h1.jpg

कार्यक्रमा रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी, रोल्पा अस्पताल रेउघाका डाक्टर प्रकाश बुढामगर, नागरिक समाजका अध्यक्ष घनश्याम आचार्य लगायतका अतिथिहरुले स्वास्थ्य विमालाई प्रभावकारी बनाउनका लागि प्रतिवद्वता मनतव्य राख्नुभएको थियो । जिल्लामा शुरुवातमा स्वास्थ्य विमको संख्या बढ्दो क्रममा भएपनि पछिल्लो समयमा नविकरण न्यून संंख्याले मात्र गर्दै आएको सहभागिहरुको गानासो थियो ।

This image has an empty alt attribute; its file name is h4.jpg

आगामी दिनमा विमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सुलिचौर र होलेरी फमेसी व्यवस्थित रुपमा सञ्चालन नुहँदा विमा गर्ने र नविकरणको संख्या घटेको हो । आगामी दिनमा होलेर र सुलिचौरमा फर्मेसीलाई प्रभावकारी रुपमा सञ्चालन सँगसँगै स्वास्थ्य विमा सम्बन्धि जनचेतनामुलक गतिविधिहरू सञ्चालन गर्नुपर्ने सहभागीको भनाइ छ । कार्यक्रमको विषयवस्तु स्वास्थ्य विमा र पारस्परिक जवाफदेहिता परियोजनाको विषयका हरप्लेस सल्यानका रामचन्द्र रेग्मीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम सुनिता बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार माधव वलीले गर्नुभएको थियो ।

You may also like