राेल्पा जिल्लाको वर्तमान सवाल र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया

राेल्पा जिल्लाको वर्तमान सवाल र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया

रेशम बि‍ क

२७ भाद्र, लिबाङ ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत रोल्पा जिल्लाको वर्तमान सवाल र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आज लिबाङमा सम्पन्न भएको हो ।
कार्यक्रममा नागरिक समाज रोल्पा जिल्ला अध्यक्ष घनश्या आचार्यले जिल्लामा सवालको विषयस्तुमा सहजीकरण गर्नुभएको थियो । उहाँले संघीय सरकारले विमा कार्यक्रम लागु गरेपनि नागरिकको पहुँच पुग्न नसकेको, अस्पातलामा प्रयाप्त औषधीको व्यवस्था नहुँदा स्वास्थ्य विमा गरेका विमितले चर्काे मूल्यमा औषधी किन्नुपर्ने बाध्यता, जिल्लाको एक मात्र अस्पताल रेउघामा ५० सौया वेडको भवन निर्माण कार्य समयमा नै सम्पन्न नहुँदा अस्पतालाई सेवा प्रभावहमा समस्या, सामान्य उपचारको लागि पनि नेपालगञ्ज, वुटवल, कोहोलपुर लगायतका अन्य ठाउँमा थप उपचारका लागि विरामी पु¥याउनु पर्ने जिल्लाको वर्तमान सवाल भएको धारणा व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is k2-2.jpg

त्यसैगरी उहाँले स्थानीयतह, वडा कार्यालय लगायत विभिन्न नियकाबाट निःशुल्क वितरण गरिएका बिउ बिजन गुणस्तरीय नहुँदा कृषकहरू समस्या परेको, कृषि अनुदान सम्बन्धि कृषकले नपाएको अवस्था, आम भेलाबाट उपभोक्ता समिति गठन नभएको, नियम अनुसार कोटेश्वन आह्वान नभएको, नियम अनुसार सार्वजनिक सुनाई नभएको, कारोनोको कारण लामो समयसम्म विद्यालय बन्द हुँदा शिक्षा प्रभाव, अनलाइन कक्षा प्रभावकारी नभएको, विद्यार्थी संख्या अनुसार शिक्षक दरबन्दिको व्यवस्था नहुँदा प्रभावकारि शिक्षामा समस्या, अग्रेजि माध्यमको किताब विद्यार्थीको हातमा नपुगेको, दैविक प्रकोप पीडतहरूको उद्वार तथा राहतमा प्रक्रिया असहज, सरकारी सेवा सुविधा सम्बन्धि नागरिक स्तरसम्म पुग्न नसकेको, सरकरी वजेटको सदुपयोग नहुँदा जिल्लाको विकासमा प्रभाव लगायत जटिल सवालहरू उहाँले प्रस्तुत गर्नुभयो ।
जिल्लामा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले पारस्परिक जवाफदेहितामा हालसम्म सक्रिय भूमिका निर्वाह गरेका छन् । तर, प्रयाप्त हुन नसकेको उहाँको टिप्णी गर्नुभयो । पारस्परिक जवाफदेहितालाई प्रभावकारी बनाउनका लागि नागरिक समाज सक्रिय बन्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । नागरिक समाज निस्किय भएको पारस्परिक जवाफदेहितामा सरोकारवाला निकायहरुले वेवास्ता गर्ने भन्दै आगामी दिनमा नागरिक समाजको भूमिका सक्रिय बन्नुपर्ने जोड उहाँले दिनुभयो । कार्यक्रमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सचिव लोकेन्द्र चन्द, संस्थापक अध्यक्ष काशिराम डाँगी, पत्रकार दिने सुवेदी, पत्रकार माधव वली लगायत सरोकारवाला निकायहरुको उपस्थिति थियो । कार्यक्रम हरप्लेसका अध्यक्ष सुनिता बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रामचन्द्र रेग्मीले गर्नुभएको थियो ।

You may also like