भाइरस जोखिम न्यूनिकरण प्रतिकार्य समिति माडी गाउँपालिका–५ रोल्पाको बैठक सम्पन्न

२५ चैत्र, भाबाङ–रोल्पा  ।

कोरोना भाइरस जोखिम न्यूनीकरण तथा प्रतिकार्य समिति माडी गाउँपालिका–५ भाबाङ रोल्पाको बैठक आज वडा कार्यालय पाछाबाङ रोल्पामा सम्पन्न भएको छ । बैठकले भाइरस जोखिम न्यूनिकरणको निम्ति जनहितका लागि महत्वपूर्ण निर्णयहरु पारित भएका छन् ।
समितिको बैठकलले यस वडाको नाकाहरु बन्द गर्नुका साथै वडाको टोल टोलमा लक डाउनलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने समितिको संयोजक भरतबहादुर बुढामगरले जानकारी दिनुभयो । उहाँले यस वडामा कोरोना भाइरसको जोखिम न्यूनिकरणको लागि संघीय सरकारले कार्यन्वयन गरेको लक डाउनलाई प्रभावकारी कार्यन्वयनका लागि सम्पूर्ण वडाबासीहरुलाई अपिल गर्नुभयो ।

वडामा लक डाउनलाई प्रभाकारी कार्यन्वयनका लागि समितिले कार्य विभाजन गरी सक्रियता बनेको समितिको संयोजक बुढामगरले जानकारी दिनुभयो ।

You may also like