“संघीयतालाई बलियो बनाउन प्रदेशलाई बलियो बनाउनुपर्दछ” मृख्यमन्त्री केसी


राेल्पा समाचारदाता
पुष ३ गते दाङ


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीतालाई बलियो बनाउँनका लागि प्रदेश सरकारकाले स्थानीयतह र संघीय सरकार बीचमा समन्वय गरी काम गर्दै अगाडि बढाउनु पर्ने बताउँदै नेपालको सन्दर्भमा नयाँ संरचना प्रदेशतह भएकोले गर्दा प्रदेशलाई बलियो बनाएमा मात्रै संघीयता कार्यन्वयन हुन सक्ने बताउनुभयो ।
उहाँले यस्तो कुरा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएपी) को आयोजनामा “समृद्धी लुम्बिनी, आत्मनिर्भर प्रदेश” भन्ने मूल नाराका साथ संघीयतामा कानून निर्माणको अवस्था र प्रदेश सरकार स्थानीय वित्त व्यवस्थापन विषयमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटनको क्रममा घोराहीमा बताउनुभएको छ ।
मुख्यमन्त्री केसीले जनताबाट निर्वाचित जनप्रतिनिधीहरुले जनतालाई सुसान दिने पहिलो कतव्र्य भएको बताउँदै त्यसका लागि सबैले जनताप्रति उत्तरदायित्व भएर काम निश्वार्थ भावले जनताको सेवा गर्नु पर्ने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 2.jpg

मुख्यमन्त्री केसीले जनप्रतिधीहरुको नेतृत्वमा जनतालाई दिने सेवा प्रवाह सरल र सहज जनमैत्री हुनु पर्ने बताउँदै जनता एवं सेवाग्रहीलाई दिने सेवाका विषयले सरकारको लोकप्रियता कायम हुने भएकाले सबैले सेवाग्रहीलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री केसीले भन्नुभयोः–“जनताको विकास निर्माणको अपेक्षा धेरै छन्, हाम्रो सधान र श्रोत सिमितता छन् त्यसैले त्यसलाई पनि दोहोरोपन नहुने गरी विकास गरी सिमिति श्रोत साधानबाट पनि परिणाममुखी नतिजा दिनु पर्दछ त्यसमा चनाखो बन्नु आवश्यक छ ।”
मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयतालाई असफल गराउनको लागि कानूनी अबरोध, वित्तीय अवरोध लगायतको कुरा गर्दै अगाडि बढेको सही ढंगबाट कार्य सम्पादनका लागि कानून निर्माण गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।
उहाँले स्थानीयतहमा निर्वाचिन सम्पन्न भएको उत्तरार्धतिर लागेको बेलामा अब सबैले जनप्रतिनधीकहरुको काम तुलना गर्ने बेला भएको बताउँदै अब सबैले आफ्नो कार्यकालको लेखा जोखा गर्नुपर्ने बेला भएको बताउनुभयो ।
मुख्यमन्त्री केसीले भन्नुभयोः–“जनताबाट निर्वाचित कार्यकालको अन्तिमतिर आउँदै गर्दा हामीले संघीयतामा कानून निर्माण, जनताको अपेक्षा, र विकास निर्माणको सवाल, वित्त व्यवस्थान लगायतको विषयमा घनीभूत रुपमा छलफल गरी आगामी दिनको यात्रा तय गर्नुपर्दछ ।”
मुख्यमन्त्री केसीले प्रदेश सरकारले लिएको समृद्धी लुम्बिनी र आत्मर्भिर प्रदेश निर्माणको सपनालाई साकार पार्नका लागि लुम्बिनी प्रदेशभित्रका सम्पूर्ण १०९ स्थानीयतहरुको सामूहिक बुझाई र कार्यन्वय गर्न आवश्यक रहेको बताउँदै साझा धारणाका साथ विकासमा अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो ।
मख्यमन्त्री केसीले जनताबाट चुनिएर आएर पछि जनमैत्री कानून निर्माण गरी कार्यन्यन गर्नका लागि सबै जनप्रतिनधीहरुले ध्यान दिनुपर्ने कुरा बताउनुभयो ।
सबै स्थानीयतहले पनि कानून निर्माण गरी शासनमा सुसान कायम गर्नका लागि सबैलाई निर्देशन दिनुभयो । साथै उहाँले स्थानीय जनप्रतिनधीहरुलाई पनि विकासको लागि धेरै चाप भएकाले र नीति निर्माण गरी कार्य गर्नका कामलाई व्यवस्थित गर्नका लागि निर्देशन दिनुभएको छ ।
अन्तरक्रिया कार्यक्रममा कानून निर्माणको आवश्यकता, निर्माणको अवस्थाका बारेमा लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव कुमार दाहाल, मुख्य न्यायधिबक्ता श्रीकृष्ण सुवेदी, र कानून सचिव राजेन्द्र थापा लगायतले प्रस्तुतिकरण गर्नुभएको थियो । यसैगरी वित्त व्यवस्थानको विषयमा अर्थमन्त्रालयको सह सचिव बाबुराम सुवेदीले प्रस्तुकिरण गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is 3-1024x576.jpg


कार्यक्रममा लुम्बिनी प्रदेशभित्रक १०९ वटा स्थानीयतहबाट प्रमुख र उप्रमुखको सहभागीता रहको थियो । विगतदेखि प्रदेश र स्थानीय तहमा शुसासन कायम गर्नका लागि पीएलजीसले काम गरिरहेको लुम्बिनी प्रदेशका प्रशासन सचिव नरेन्द्र कुमार रानाले बताउनुभयो ।

You may also like