समृद्ध प्रदेश निर्माणका लागि मुख्यमन्त्री मन्त्री केसीको २ दिने भ्रमण उपलब्धी मुलक


रोल्पा समाचारदाता
लिबाङ रोल्पा भाद्र २५

This image has an empty alt attribute; its file name is ktm-2-1024x622.jpg


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले आफ्नो काठमाण्डौंको २ दिने भ्रमण निकै उपलब्धी मुलक रहेको बताउनुभएको छ । उहाँले लुम्बिनी प्रदेशको समृद्धिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा एवं राजनीतिक उच्च नेतृत्वतहको भेटघाटले लुम्बिीनीको विकास एवं समृद्धीका लागि नयाँ ढोका खोलेको बताउनुभयो । प्रधानमन्त्री लगायत पार्टीका उच्च नेताहरुको लुम्बिनी प्रदेशको विकासका लागि सकेजति पहल गर्ने विश्वास व्यक्त गरेको मुख्यमन्त्री केसीले बताउनुभयो ।
उहाँले सम्बृद्धि लुम्बिनी प्रदेशको निर्माणको लागि उच्च राजनीतिक सहमतिलाई कायम गर्दाै मन्त्री परिषद् गठन, लुम्बिनी प्रदेश सरकारको बजेट तथा कार्यक्रमका बारेमा छलफल भएको बताउनुभएको छ । उहाँले लुम्बिनी प्रदेश सरकारले प्रदेशबासीको हितमा हुने गरी लिन लागिएको बजेट बारेमा केन्द्र सरकारसँग पनि छलफल गरेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवासंग गरिएको भेटमा विकासका हरेक योजनामा लुम्बिनी प्रदेशलाई प्राथमिता प्रदान गर्नका लागि अनुरोध गर्नुभएको थियो । लुम्बिनी प्रदेश देशकै नमूना प्रदेश बनाउनको लागि आफू लागि रहेको बताउँदै केन्द्र सरकारसँग पनि माग गरेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लुम्बिनी प्रदेश सरकारको नीति तथा योजनालाई सफल बनाउनको लागि आफू हरदम तयार रकेको प्रक्रिया दिनुभएको छ ।
प्रदेश सरकारले यस वर्ष शिक्षा, स्वास्थ्य रोजगारलाई प्राथमिकता राख्ने गरी सुसासन कायम गरी नीति योजना तर्जुमा गरिन लागेको समेत जानकारी गराउनुभएको थियो । साथै जनमुखी बजेट नीति योजनालाई पास गरिने समेत बताउनुभो । सरकारले न्यूनतम लक्ष्यलाई पुरा गर्नका लागि घनीभूत रुपमा प्रदेश सरकार लागेको बताउनुभयो ।
मुख्यमन्त्री केसीले २ दिन सम्म प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत संग भेटघाट गर्नुभएको थियो ।

You may also like