माडी गाउँपालिमा नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश

माडी गाउँपालिमा नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश

This image has an empty alt attribute; its file name is m1-1.jpg


२५ भाद्र, लिबाङ ।
माडी गाउँपालिमा नेपाली कांग्रेस पार्टीको तीन जना सक्रिय कार्यकर्ताले पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र)मा पार्टी प्रवेश गर्नुभएको छ ।
नव पार्टी प्रवेशहरुलाई नेकपा (माओवादी केन्द्र) माडी गाउँपालिका २ नं. वडा इञ्चार्ज ललित घर्तीमगर र पार्टी अध्यक्ष लिल बहादुर घर्तीमगरले अविरल्यापन सहित पार्टीमा प्रवेश गराउनुभएको थियो ।

This image has an empty alt attribute; its file name is m3-1.jpg

नेपाली कांग्रेस पार्टीको क्रियाशिल सदस्य परित्याग गरेर नेकपा (माओवादी केन्द्र)मा पार्टी प्रवेश गर्नुभएको हो । गाउँपालिका घर्तिगाउँ निबासी कर्ण बहादुर खड्का , हिरासिङ बि. क, कलभान खड्का नेपाली कांग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको हो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता लगायत सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपा (माओवादी केन्द्र) माडी गाउँपालिका कमिटी सदस्य मधु सुधन बुढामगरले गर्नुभएको थियो । कार्यक्रममा विविध निर्णयसँगै टोल कमिटी अध्यक्ष नतिराम बाँठा मगरबाट प्रतिवद्वता सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

You may also like