संस्थागत क्षमता विकास कार्यशाला लिबाङमा सम्पन्न

संस्थागत क्षमता विकास कार्यशाला लिबाङमा सम्पन्न


This image has an empty alt attribute; its file name is 5.jpg

२३ भाद्र, लिबाङ ।
नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका पदाधिकारीहरू, सदस्यहरू र कर्मचारीहरुलाई संस्थागत क्षमता विकास कार्यशाला साेमबार लिबाङमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाका मन्त्री प्रकाश श्रीबन्द र नेपाल रेडक्रस सोसाइटी (CEHP) वुटवलका शंकर भट्टराईले कार्यशालाको सहजीकरण गर्नुभएको थियो । उहाँहरुले रोल्पा जिल्ला शाखाका पदाधिकारी, सदस्यहरू र कर्मचारीहरुलाई संस्थागत क्षमता विकास समबन्धि सहजीकरण गर्नुभएको रोल्पा जिल्ला शाखाका मन्त्री अमर घर्तीमगरले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश कार्यालय र नेपाल रेडक्रस सोसाइटी (CEHP) वुटवलको आर्थिक सहयोगमा एक दिने संस्थागत क्षमता विकास कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा रोल्पा जिल्ला शाखाका पदाधिकारीहरू, सदस्यहरू, शाखाका कर्मचारीहरुको सहभागिता थियो । रोल्पा जिल्ला शाखाका सभापति डि.वी. टुहुरोको अध्यक्षतामा सम्पनन्न भएको कार्यक्रमको सञ्चालन मन्त्री अमर घर्तीमगरले गर्नुभएको थियो ।

You may also like