नेपालकै राष्ट्रिय दलित संग्रालय रोल्पामा बन्दै


रोल्पा समाचारदाता
पुष २८ लिबाङ रोल्पा

This image has an empty alt attribute; its file name is phota-1024x473.jpg
दलित संग्रालय निर्माणका लागि स्थलगत अवलोकन गर्दै सरोकारवाला निकायहरुa


नेपालकै इतिहासमा पहिलो राष्ट्रिय दलित संग्रालय रोल्पाको कोटगाउँमा निर्माण हुने भएको छ । कोटगाउँ तत्कालीन समयमा रोल्पा जिल्लाको पहिलो जातीय छुवाछुतमुक्त नमूना गा.वि.स हाल रोल्पा नगरपालिका ६ कोटगाउँको कालाथोकामा बन्ने भएपछि रोल्पामा नयाँ अर्काे आयाम थपिएको छ । दलित समुदायको कला, संस्कृति, पेशा, रहन, सहन, आर्थिक, राजनीतिक विकासको बारेमा त्यो संग्रालयमा राखिने छ ।
रोल्पा जिल्लामा जातीय उत्पीडनको हकमा अन्य जिल्लाको तुलनामा कम छुवाछुत भएको, जनयुद्धको उद्गम थलोका रुमा चपरिचित जिल्ला रोल्पामा यो पहल थालिएको अधिकार कर्मी एवं जिल्ला समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियारले बताउनुभयो । यो अभियानमा जसरी पनि लागेर पूर्णता दिनका लागि परेको बताउनुभयो । यो संग्रालय निर्माणका एवं अवधारणाका लागि रोल्पा जिल्लामा पूर्व उर्जा मन्त्री वर्षमान पुनमगर, प्रदेश सभासदस्य दीपेन्द्र कुमार पुनमगरको पहलमा अगाडि बढाइएको छ । रोल्पाको जिल्लाको सघन दलित बस्ती भएको, तत्कालीन समयमा जातीय छुवाछुत मुक्त नमूना गा.वि.स, रोल्पा जिल्लाको बीच भागमा पर्ने, प्राकृतिक एवं सामारिक महत्वको स्थान कोटगाउँको कालोठोकामा निर्माण गर्न लागिएको हो । सो संग्रालय निर्माणका लागि जग्गा दाता लिला विक, दुर्गे पयिार, लिल्ली परियार लगायतले करिव सादे ३ रोपनी जमिन जग्गा दान गर्नुभएको छ । रोल्पा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तुलबहादुर घर्तीमगरले यस संग्रालय आफ्नो वडामा बन्नुले यस वडाको ऐतिहासिकता र महत्वलाई अझै बदुवा दिने बताउनुभयो । यस कार्यमा लाग्नका लागि सम्पूर्ण वडाबासीलाई आह्वान समेत गर्नुभएको छ । साथै उहाँले वडा कार्यालयले सो स्थानसम्म मोटर बाटो निर्माण समेत गरि सकेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is jangal-1024x473.jpg

दलित संग्रालय निर्माणका लागि स्थलगत अवलोकन गर्दै सरोकारवाला निकायहरु


रोल्पा जिल्लाका दलित अगुवा, जनप्रतिनिधीहरुको निरन्तर दुई वर्षदेखिको छलफल र बहसबाट यो निर्माणका लागि अगाडि बढाएको हो । त्यसमा औजारहरु, सिलाईबाट उत्पादन गरेका सामग्री, गरगहना, वाद्यवादन, पोशाक, सिल्पीका सामानहरु राखिने छ । पूर्व ऊर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरमगर निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १२ लाख रोल्पा नगरपालिकामा अख्तियारी आएको छ । सो संरचना निर्माण गर्नका लागि आइतबार कोटगाउँ संग्रालय स्थमानस्थलमा जेष्ठ सदस्य खड्कलाल पाध्यौटीको अध्यक्षतामा बसेको आम भेलाले संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका सचिव मानसिंह विश्वकर्माको अध्यक्षतामा निर्माण उपभोक्ता समिति निर्माण गरेको छ । जसको सचिवमा पुष्षा विक, कोषाध्यक्ष लालमायाँ परियार, सदस्यमा मोहविर विक, सर्मीला विक, खिमबहादुर परियार, खुमबहादुर बिक, अमराज परियार,रुपबहादुर नेपाली रहेको ९ सदस्यीय उपभोक्ता निर्माण समिति गठन गरेको छ ।
जिल्ला समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियारको संयोजकत्वमा अनुगमन समिति चयन गरेको छ । अनुगमन समिति वडा अध्यक्ष तुलबहादुर घर्तीगमगर, वडा सदस्य तिलमति बिक, ग्रामीण दलित जनअधिकार मञ्च रोल्पाका अध्यक्ष खड्गलाल पाध्यौटी, समाजसेवी समन विश्वकर्मालाई अनुगमन समिति गठन गरेको छ ।
समितिको बैठकले यस आर्थिक वर्षमा संग्रालयको डिपिआर गर्ने, फिल्ड तथा भवन निर्माणको लागि संरचना निर्माण गर्ने, नेपाल बैंक रोल्पा शाखामा उपभोक्ता समितिका अध्यक्ष मानसिंह विश्वकर्मा, सचिव पुष्पा विश्वकर्मा र कोषाध्यक्ष लालमाया परियारको संयुक्त दस्ताखतमा खाता सञ्चालन गर्ने, रोल्पा नगरपालिकासँग सम्झौता गर्नका लागि अध्यक्ष मानसिंह विश्वकर्मालाई जिम्मेवारी प्रदान गर्ने लगायतका निर्णय गरेको छ ।
सो संग्रालयको संचना निर्माणका लागि प्रेवेशद्वार निर्माण, संग्रालयको सचिवालय निर्माण, पार्क एवं बगैचा निर्माण, क्यान्टिन, प्रतिक्षलय, नमूना स्थल, परिवर्तन एवं उत्पीडनको विरुद्धमा महत्वपूर्ण योगदान गर्नेहरुको शालिक तथा नाम उल्लेख लगायतको संरचना निर्माणका लागि योजना निर्माण गरिने भएको छ ।

You may also like