कालिका नेत्रज्याेति प्राथमिक विद्यालय मरान्थाना रोल्पाद्वारा अक्षयकोष स्थापना अभियान सुरु

कालिका नेत्रज्याेति प्राथमिक विद्यालय मरान्थाना रोल्पाद्वारा अक्षयकोष स्थापना अभियान सुरु

This image has an empty alt attribute; its file name is t2-1.jpg


शर्मिला बि.क.
९ असाेज मरान्थाना –रोल्पा
थबाङ गाउँपालिका २ नं. वडा मरान्थाना रोल्पा स्थित कालिका नेत्रज्याेति प्राथमिक विद्यालय समाज सेवी तिर्थ नारायण मिझारको संयोजकत्वमा अक्षयकोष स्थापनाका लागि अक्षयकोष समिति गठन गरेर अभियान सुरुवात गरेको छ ।
समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक कृष्ण देवी बुढामगर, केषाध्यक्षमा सुरेन्द्र झाँक्री, सदस्यहरू वडा सदस्य धन कुमारी रोका मगर, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ज्ञान बहादुर रोका, कोइजबाङ विद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष दीपक सुनार, शिक्षक गोविन बि.क, समाज सेवी रुपी रोका मगर, तारा रोका, सिर झाँक्री रहनुभएको समितिको संयोेजक तिर्थनारायण मिझारले बताउनभयो ।

This image has an empty alt attribute; its file name is t2-1.jpg

उहाँले मिति २०७८ साल असोजको २ गतेदेखि २०७९साल असोजको २ गतेसम्म १ वर्षको समयवधिमा अक्षयकोष स्थापनाको उद्वेश्य सहित आर्थिक संकलन अभियान सुरुवात गरेको जानकारी दिनुभयो । अक्षयकोष स्थापनाका लागि हालसम्म १२ जना सहयोगीहरुले रु १ लाख २३ हजार ३४५ रकम सहयोग गरेको उहाँले बताउनुभयो । निर्धारित समयमा विद्यालयको लागि अक्षयकोष स्थापनामा लागि सम्पूर्ण विदेशी तथा स्वदेशीमा रहनु हुने शुभ चिन्तक मनकारी व्यक्ति, जनप्रतिनिधि, समाज सेवी, वुद्धिजीवि, शिक्षक, कर्मचारी, व्यवसायी, राजनीतिक दल, विभिन्न संघ संस्था, वैदेशिक रोजगारमा रहेका, अभिभावक लगायतका सरोकारवाला निकायहरुलाई सक्दो आर्थिक सहयोगका लागि उहाँले अनुरोध गर्नुभएको छ ।

You may also like