नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) परिवर्तन गाउँपालिका कमिटी बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) परिवर्तन गाउँपालिका कमिटी बैठक सम्पन्न

This image has an empty alt attribute; its file name is k1.jpg


२० भाद्र, रोल्पा ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) परिवर्तन गाउँपालिका रोल्पा कमिटीको बैठक शनिबार सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is k3-1.jpg

उक्त बैठकले ३१ सदस्ययी कमिटीबाट १० जना मनोनीत गरेर ४१ सदस्ययी गाउँपालिका कमिटी गठन भएको छ । साथै युवा संघ नेपाल परिवर्तन गाउँपालिका भेलाबाट गन बहादुर घर्तीमगर अध्यक्षतामा ५१ सदस्यीय युवा संघ नेपाल परिवर्तन गाउँपालिका कमिटी गठन भएको छ ।
त्यसरी तिर्सना राना मगरको अध्यक्षतामा ३१ सदसीय अनेरास्ववियु परिवर्तन गाउँपालिका कमिटी गठन भएको छ । उक्त भेला बैठकमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष हरि प्रसाद घर्ती, परिवर्तन पार्टी इन्चार्ज मनप्रसाद घर्ती, सह–इन्चार्ज पृथ्वी बहादुर पुन, अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य एवं पार्टीको जिल्ला सदस्य किरण बुढा, युवा संघ नेपाल जिल्ला अध्यक्ष एवं जिल्ला कमिटी सदस्य धनराज डाँगी, पाटीको जिल्ला सदस्य एवम् अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष प्रताप घर्तीमगर, जिल्ला कमिटी सददस्य गंगा प्रसाद रोकाले बधाई एवं शुभकामना मन्तव्य राख्नुभको थियो। गाउँपालिका कमिटी अध्यक्ष तिल बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीको नेता तथा कार्यकर्ता, शुभचिन्तकहको सहभागी रहेको आयोजकले बताएको छ ।

You may also like