वडा कार्यालयद्धारा ५० प्रतिशत बोयर बोका कृषकलाई निःशुल्क वितरण

भाबाङ–रोल्पा
असार ५ गते,


माडी गाउँपालिका–५ भाबाङ वडा कार्यालय रोल्पाले वडाबासीहरुलाई कृषकहरुलाई ५० प्रतिशत बोयर बोका बिहीबार वडाका कृषकहरुलाई निःशुल्क वितरण गरेको छ । कृषकहरुलाई बाख्रा व्यवसायीमा थप सहयोग पुग्ने भएको छ ।
आर्थिक वर्ष २०७५÷२०७६ को विनियोजिट बजेटबाट १३ ओटा बोयर वडाको विभिन्न टोलहरुका कृषकलाई वितरण गरिएको थियो ।

वडा अध्यक्ष भरत बहादुर बुढामगरले कार्यक्रममा बोल्दै कृषकले बाख्रापालन व्यवसायीबाट आर्थिक आम्दानीको निम्ति अर्घाखाँची जिल्लाबाट वोयर बोका बितरण गरिएको बताउनुभयो । वितरण बोकाबाट प्रयाप्त आम्दानीको लिन सकिने भएकाले बोकालाई उचित पालनपोषणको निम्ति छुट्टै राख्ने व्यवस्था मिलाउन वडा अध्यक्ष बुढामगरले अनुरोध गर्नुभयो । कार्यक्रममा वडा सदस्य वीरबहादुर घर्तीमगर, वडा सचिव अशोक बि.क, पशु प्राविधिक चेतन बिक्रम पुन, रेडियो माडी आवाजको स्टेशन म्यानेजर बुद्धिमान वली लगायतको आतिथ्यता थियो ।

You may also like