ढुङ्गा कटिङ उद्योग छोटो समयमा फस्टाउँदै

 

 

कोर्चाबाङ–रोल्पा

माडी खनिज सप्लायर्स प्रा.ली. मार्फत माडी गाउँपालिका–६ नं. वडा डाँडाथोकमा सञ्चालित माडी ढुङ्गा कटिङ उद्योग छोटो समयमा नै फास्टाएको छ । उद्योगबाट उत्पादित ढुङ्गा भवनको भित्ता (गारा) सजावतको निम्ति प्रयोग हुँदै आएको छ ।

रोजगारीको निम्ति दैनिक वैदेशिक रोजगारीमा भौतारिकरहेको बेला यस उद्योगबाट १५ जना मासिनहरुले आफ्नै गाउँघरमा रोजगार पाएका छन् । प्रा.ली.ले दाङ र नेपालगञ्जमा ढुङ्गा बिक्रि केन्द्र स्थापन गरी उद्योगबाट उत्पादित ढुङ्गा बिक्रि वितरण गर्दै आएको छ । आगामी दिनमा वुटवल लगायतका ठूला सहरहरुमा पनि ढुङ्गा विक्रि केन्द्र स्थापन गरी अगाडि बढ्ने योजना भएको प्रा.ली. व्यवस्थापक अमर सिंह घर्तीमगरले बताउनुभयो । माडी गाउँपालिका–१ नं. वडा भिताबाङ स्थित ढुङ्गा उत्पादनको निम्ति आवश्यकता पर्ने कच्चा पदार्थ ढुङ्गाको खानी अध्यायनबाट पत्ता लागेको हो तर केन्द्रीय विद्युत लाइनको अभावमा माडी गाउँपालिका–६ नं. वडा डाँडाथोकमा ढुङ्गा उत्पादन उद्योग प्रा.ली.ले सञ्चालन गरेको हो । उद्योगसम्म ढुङ्गा उत्पादनको कच्चा पदार्थ ढुङ्गा सोही स्थान भिताबाङबाट ढुवानी गरी ल्याउने गरेको समेत व्यवस्थापक घर्तीमगरले बताउनुभयो ।

उद्योगबाट उत्पादित ढुङ्गा होल्सेल मूल्यमा प्रति ढुङ्गा रु २५ र फुटकर मूल्यमा प्रति ढुङ्गा रु ३० को दरमा बिक्रि वितरण हुँदै आएको छ । उद्योग सञ्चालन भएको छोटो समयमा नै नेपालगञ्जमा ११ हजार ढुङ्गा विक्रि भएको छ भने दाङमा नौं हजार ढुङ्गा विक्रि भएको छ । हाल नेपालगञ्ज र दाङमा ढुङ्गा पुगेको छ भने ढुङ्गाको माग हाल वुटवल लगायतका अन्य सहरहरुबाट पनि अत्याधिक आएको छ तर उद्योगबाट ढुङ्गा न्यून उत्पादन हुँदा अन्य ठाउँमा ढुङ्गा पु¥याउन नसकिएको व्यवस्थापक घर्तीले बताउनुभयो । यो ढुङ्गा उत्पादनको निम्ति अध्यायनको क्रममा माडी गाउँपालिका–१ नं. वडा भिताबाङ रोल्पमा मात्र पाइएको थियो भने अन्य ठाउँमा पत्ता लागेन । सर्र्वेक्षण अनुसार ढुङ्गा उत्पादनको निम्ति १५ वर्षसम्म पुग्ने भएपनि प्रा.ली. हाल पञ्चे वर्षिय योजना मात्र तय गरेको छ । उक्त स्थानको ढुङ्गाले काटिङ उद्योगमा मासिक २५ हजार तलबमा सात जना कर्मचारी र खानीमा आठ जना दैनिक ज्यालामा कामदारले रोजगार पाएका छन् भने १५ जना कर्मचारीमध्ये तीन जना वैदेशिक रोजगारीबाट फर्किएका छन् । उद्योगबाट दैनिक एक हजारभन्दा बढि ढुङ्गा उत्पादन हँदै आएको छ । भिताबाङमा सडक विस्तारको क्रममा स्काभेटरले निकालेको ढुङ्गा प्रयोग गर्दै आएको छ भने उक्त ढुङ्गा एक वर्षसम्म पुग्ने अनुमान प्रा.ली.ले गरेको छ । ढुङ्गा उत्पादनको निम्ति प्रा.ली.ले उद्योग सञ्चालनको निम्ति ३५ लाखभन्दा बढि रकम लागनीमा उद्योग उद्योग सञ्चालन गरेको छ । उद्योग सञ्चालन भएको छोटो सयमवधिमा प्रा.ली. नाफामा भएको प्रा.ली. व्यवस्थापाक अमर सिंह घर्तीमगरले बताउनुभयो । ढुङ्गा उत्पादनको समयमा वातावरणीय प्रभावलाई समेत ध्यान दिँदै प्रा.ली.ले ढुङ्गा कटिङ उद्योग सञ्चालन गरेको छ । आगामी दिनमा उद्योगको विकास प्रर्वद्धनका लागि संघ सरकार, प्रदेश सरकार, स्थानीतह, वडा कार्यालय अन्य सरोकारवाला निकायहरुसँग छलफल नियमित अगाडि बढाएका छौं उहाँले भन्नुभयो । तीन तहकै सरकार लगायत अन्य सरोकारवाला निकायहरुसँगको छलफलबाट प्रा.ली.ले सहयोग हुने अपेक्षा गरेको छ । आफ्नो ठाउँमा रोजगार नपाएको भन्दै दैनिक मानिसहरु रोजगारीको निम्ति वैदेशिक रोजगारीमा जान बाध्य भएको बेला आफ्नै गाउँघरमा सञ्चालित ढुङ्गा कटिङ उद्योग लगायत अन्य उद्योगको प्रर्वद्धन विकासमा सरकारी तथा गैर सरकारी निकायहरुको समयमा नै ध्यान पुग्न आवश्यक छ । जसले मात्र रोजगारीको निम्ति वैदेशिक रोजगारीमा जान बाध्यबाट मुक्त भई आफ्नै ठाउँमा रोजगारी बन्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले यस तर्फ सबैको ध्यान समयमा नै पुग्न आवश्यक छ ।

You may also like