१४ औं स्थापना दिवशको अवसरमा पत्रकारिताको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

रोल्पा समाचारदाता
लिबाङ– रोल्पा

प्रेस सेन्टर नेपाल (क्रान्तिकरी पत्रकार संघ)ले आफ्नो १४ औं स्थापन दिवश विधित कार्यक्रम योजना गरी  देशव्यपि रुपमा मनाउँदै गर्दा जिल्ला शाखा रोल्पाले पनि आज आफ्नो स्थापना दिवशको अवसरमा चियापन तथा जिल्लाको पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम आज प्रेस सेन्टर नेपाल जिल्ला शाखा रोल्पाले लिबाङमा मनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बि.क.ले सर्व जीवि वर्गको राज्य व्यवस्था नआएकोले अझै पत्रकारिता पेशालाई विश्वसनीय बनाउनुपर्ने बताउनुभयो । जिल्लामा विकास समृद्धको निम्ति जिल्लाको पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । जिल्लामा विगतको तुलनामा पत्रकारिता विकास तीव्रतामा भएको समेत बताउनु भयो । जिल्लामा तीव्रता भएको पत्रिकारितालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । अब जिल्लामा पत्रकारिता जनताको विश्वसनीयता बन्नुपर्ने अपरिहार्यता रहेको कार्यक्रममा बताउनुभयो । सर्वहारा वर्गको निम्ति नै पत्रिकारिताको माध्यमबाट सर्वहारा वर्गको पक्षमा पत्रकारिता गर्नुपर्ने आवश्यता औल्याउनुभयो । जसले सर्वहारा वर्गको राज्य सत्ता निर्माण योग्दान पुग्ने प्रमुख अतिथि बि.कले कार्यक्रममा दाबी गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष काशिराम डाँगीले संघीय लोकतन्त्र गणतन्त्र संविधानको निम्ति आम सञ्चारमाध्यमको महत्वपूर्ण योग्दा रहेकोले आगामी दिनमा सञ्चारमाध्यमको सर्वाङ्गीण विकासको निम्ति केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने जोड दिनुभएकाmे थियो । आम सञ्चारमाध्यहरुलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरणको निम्ति सरोकारवाला निकायको ध्यानकषूण समेत गर्नुभयो । कार्यक्रम अर्का दोय विशिष्ट अतिति नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्ययक्ष खेमबहादुर बुढामगर, निवर्तमान अध्यक्ष तथा दोस्रो कार्यकालका अध्यक्ष महेश न्यौपाने, नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाका अध्यक्ष कविता उपाध्याय, प्रेस चौतारी रोल्पाका अध्यक्ष जीवन डाँगी, आदिबासी जनजाति महासंघ (फनिज) रोल्पाका उपाध्यक्ष देवी कुमारी गुरुङ, नेपाल पर्यटन पत्रकार महासंघ रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द, नागरिक दैनिकका रोल्पाका सम्वाददाता दीनेश सुवेदी लगायतका अथितिहरुले शुभ–कामना मनतव्यसँगै जिल्लको पत्रकारिताको विषयमा धारणा राख्नुभयो । अर्काे वर्षदेखि वितरण गर्नेगरी प्रेस सेन्टर नेपाल जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगरले प्रेस सेन्टर क्रियाशिल पत्रकारिता पुस्कारको स्थापना गर्नुभयो । जसले जिल्लामा पत्रकारितामा महत्वपूर्ण योगदन पु¥याउनेछ । कार्यक्रममा जिल्लाका पत्रकार लगायत सरोकारवाला निकयहरुको आतिथ्यता थियो । कार्यक्रम पे्रस सेन्टर नेपाल जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगरकोम अध्यक्षतमा सञ्चालन भएको कार्यक्रम सह सचिव रेशम बि.क.ले गर्नुभएको थियो ।

You may also like