जन्म उत्वसको अवसरमा कोरोना नियन्त्रण कोषमा नगद सहित क्वारेन्टाइनमा बसेकालाई नुन सहयोग

जन्म उत्वसको अवसरमा कोरोना नियन्त्रण कोषमा नगद सहित क्वारेन्टाइनमा बसेकालाई नुन सहयोग
जेठ, २१ गते ।
लिबाङ–रोल्पा


रोल्पा नगरपालिकाका कार्यालय रोल्पाको लेखा प्रमुख सुदिप डाँगी (सहयात्री क्षेत्री) ले आफ्नो जन्म उत्वसको अवसरमा नगरपालिकाद्वारा स्थाना नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण कोषमा नगद सहित क्वारेन्टाइनमा बसेकालाई हिजो नून सहयोग गर्नुभएको छ । यस्तै मनकारी मनहरुको आर्थिक सहयोगले नगरपालिकाकालाई कोरोना नियन्त्रणमा थप सहयोग पुग्ने भएको छ ।
नगर प्रमुख पुुर्ण के.सी.ले जन्म उत्वसको अवसरमा लेखा प्रमुख सुदिप डाँगीलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले आफ्नो जन्म उत्वसको अवसरमा नगरपालिकाद्वारा स्थापना नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण कोषमा रु ५ हजार र क्वारेन्टाइनमा बसेकाहरुलाई २५० के.जी नुन प्रदान गरेकोमा धन्यवाद दिनुभयो । साथै उहाँले जन्म उत्वसको अवसरमा सकारात्म कार्यको प्रशंसा समेत गर्नुभयो ।

साथै उहाँले अाफ्नाे जन्म उत्सवकाे  अवसरमा फजुल खर्च गर्नुभन्दा यो बिपद्को समयमा सरकारलाई सहयोग गर्नु सँगै सामाजिक सेवामा आवद्व हुने उद्वेश्यले सहयोग गरेको लेखा प्रमुख डाँगीले बताउनुभयो । साहित्यिक क्षेत्रमा समेत अग्रसर भएका युवा कवि सहयात्री क्षेत्रीले कोरोनाको यो भयावह परिस्थितिमा सबै युवाहरु कुनै न कुनै माध्यमबाट सहयोगी बन्नु पर्ने जोड दिनुभयो । रोल्पा नगरपालिकाको कोरोना नियन्त्रण कोषमा धेरै युवाहरुले सहयोग रकम प्रदान गरिरहेका छन् । रोल्पा नगरपालिका भित्रका युवा उद्योगी, निर्माण व्यवसायिसँगै ै जिल्लाका विभिन्न स्थानमा रहेका युवाहरुले पनि निकै चासोका साथ कोषमा सहयोग प्रदान गरिरहेको जानकारी नगरपालिका प्रेस संयोजक देवी कुमारी गुरुङले जानकारी दिनुभयो ।

You may also like