लुम्बिनी प्रदेश नेपालका मुख्यमन्त्री माननिय कुल प्रसाद के.सी.को प्रेस संयोजक मानसिंह विश्वकर्मालाई

लुम्बिनी प्रदेश नेपालका मुख्यमन्त्री माननिय कुल प्रसाद के.सी.को प्रेस संयोजक मानसिंह विश्वकर्मालाई बधाइ तथा शुभकामना

This image has an empty alt attribute; its file name is m2-1024x473.jpg


१८ भाद्र, रोल्पा । लुम्बिनी प्रदेश नेपालका मुख्यमन्त्री माननिय कुल प्रसाद के.सी.को प्रेस संयोजक जस्तो गरिमामय पदमा नियुक्ति हुनुभएकोमा प्रेस संयोजक मानसिंह विश्वर्मालाई बधाई तथा शुभकामना कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, विष्टि अतिथि जिल्ला समन्वय समिति रोल्पाको कार्यवाहक प्रमुख कर्मलाल परियार, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर लगायतका अतिथिहरुले शुभ कामना मनतव्य राख्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is m3-1024x768.jpg

साथै लुम्बिनी प्रदेश नेपालका मुख्यमन्त्री कुल प्रसाद के.सी.को प्रेस संयोजक मानसिंह विश्वकर्माले अनुभुतिमुलक मनतव्य राख्नुभएको थियो । उहाँलाई कार्यक्रम प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पा जिल्लाका अध्यक्ष सुरेन्द्र थापा घर्ती, विशिष्ट अतिथि जिल्ला समन्वय समिति रोल्पाको कार्यवाहक प्रमुख कर्मलाल परियार, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, संस्थाक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बहादुर बुढामगर, प्रेस संगठन, नेपाल लुम्बिनी प्रदेश सभा सदस्यहरु ज्ञानेन्द्र शर्मा, सुविना सुनारी मगर र घनश्याम के.सी, प्रेस युनियन रोल्पा जिल्ला अध्यक्ष लोकेन्द्र चन्द, प्रेस संगठन नेपाल रोल्पा जिल्ला संयोजक देवी गुरुङ, जन प्रगतिशिल पत्रकार संघका मिनराज रोका, संयुक्त दलित जनअधिकार मञ्च रोल्पा नगरपालिका ६ नं. वडा संयोजक धनसिंह विश्वकर्मा, राष्ट्रिय दलित पत्रकार संघ नेपाल रोल्पा जिल्ला अध्यक्ष भरत नेपाली, हेल्थ केयर पत्रकार समाज रोल्पा जिल्ला अध्यक्ष माधव कुमार वली, पत्रकार दिनेश सुवेदी, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको तर्फबाट खुम बहादुर सुनार लगायतका सहभागी पत्रकारहरुले खादा अविर लगाएर बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is m1-1024x768.jpg

प्रेस संगठन नेपाल, रोल्पा जिल्ला, राष्ट्रिय दलित पत्रकार संघ नेपाल रोल्पा र रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रमको अध्यक्ष प्रेस संगठन नेपाल रोल्पा जिल्ला संयोजक देवि गुरुङले गर्नुभएको थियो भने सञ्चालन रेशम बि.क.ले गर्नुभएको थियो स्वागत राष्ट्रिय दलित पत्रकार संघ नेपाल रोल्पाको अध्यक्ष भरत नेपालीले गर्नुभएको थियो ।

You may also like