अखिल (क्रान्तिकारी) गंगादेव गाउँपालिका कमिटी रोल्पाको सम्मेलन

अखिल (क्रान्तिकारी) गंगादेव गाउँपालिका कमिटी रोल्पाको सम्मेलन


This image has an empty alt attribute; its file name is a1.jpg


१६ भाद्र, रोल्पा । अखिल (क्रान्तिकारी) गंगादेव गाउँपालिका कमिटी रोल्पाको सम्मेलन आज सम्पन्न भएको छ । सम्मेलनले नयाँ गाउँपालिका समेत गठन गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सल्लाहकार सदस्य एवम् गंगादेव गाउँपालिका कमिटी अध्यक्ष प्रेम बहादुर ओली, विशिष्ट अतिथि नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला सदस्य एवम गंगादेव गाउँपालिका उपाध्यक्ष रिता घर्ती, आतिथ्यता थियो । सम्मेलनबाट चिरञ्जीवि खड्कोको अध्यक्षतामा ५१ सदस्य गाउँपालिका कमिटी गठन भएको छ, जसमा उपाध्यक्ष लेखनाथ लामिछाने, डोल्मा डाँगी, सुरेन्द्र वली, सचिवमा प्रेम प्रकाश थापा, सह–सचीवमा जुनमाया पुन, मदन वली, कोषाध्यक्षमा शर्मिला के.सी.चयन हुनुभएको छ । साथै सम्मेलनले गाउँ कमिटीको इञ्चार्जमा देव बहादुर पुन, सह इञ्चार्ज खकेन्द्र के.सी.लाई समेत जिम्मेवारी प्रदान गरेको छ । कार्यक्रम अखिल (क्रान्तिकारी) रोल्पा जिल्ला सम्मेलन संयोजक अशोक वली ‘परिवर्तन’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भरत के.सी.ले गर्नभएको थियो ।

You may also like