रोल्पाको कोशेढुङ्गा मदन भण्डारी राजमार्गको बजेट सुनिश्चिता भयो

रोल्पाको कोशेढुङ्गा मदन भण्डारी राजमार्गको बजेट सुनिश्चिता भयो
मानसिंह विश्वकर्मा
रोल्पा लिबाङ
पुष २०


बहुउद्देश्यीय सामरिक महत्व राजमार्ग मदन भण्डारी राजमार्ग अन्तर्गत लिबाङ माडीचौर–घर्तिगाउ–पातीहाल्ने–नागचौर सड़क बडीचौर १३.००० देखि गुटु–कर्णाली सम्मको मार्गका लागि बजेट सुनिश्चता भएको छ । रोल्पा जिल्लाका लागि निकै फाइदा हुने भएको छ ।
नेपाल सरकार अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगलार्ई २०८० साल पौष १६ गते रकम सुनिश्चिताको लागि पत्रचार गरेपछि सडक निर्माणले तीव्रता पाउने भएको छ । पौष १६ गते अर्थमन्त्रालयद्वारा लिखित पत्रमा भनिएको छः–‘तहाँ आयोगको प.सं. २०८०÷८१ च.नं.२१० र २२१ मिति २०८०÷०८÷२६ र मिति २०८०÷०९÷०८ मार्फत तपसिल बमोजिमका आयोजनाहरुको लागि श्रोत सहमति माग भईआएको विषय पेश हुँदा मापदण्ड बमोजिमको कागजातहरु पुगेका तपसिल बमोजिमका बजेट उपशीर्षक नं.भएका आयोजनाहरुको लागि आयोजनाको बहुबर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड, २०८० को दफा ६(३) बमोजिम कुनै आर्थिक वर्षका लागि सिर्जना हुने दायित्व बराबरको रकम सोही आर्थिक वर्षमा सम्बन्धित मन्त्रालय वा निकायलाई प्राप्त बजेट सीमा भित्रबाट विनियोजन गर्ने र प्रचलित नेपाल कानून तथा स्वीकृत मापदण्ड बमोजिमको सबै विधि प्रकृया र कार्यविधि अनिवार्य रुपमा पुरा गरी खर्च व्यवस्थापन गर्ने गरी सोही मापदण्डको दफा ६(१) अनुसार तपसिल बमोजिमको रकम मात्रको स्रोत सहमति प्रदान गरिएको व्यहोरा मिति २०८०।०९।१३ (मा. मन्त्रिस्तर) को निर्णयानुसार अनुरोध छ ।’
रोल्पाका अधिकाशं जनतालाई लाभाविन्भत हुने मदन भण्डारी राजमार्गका मन्त्रालयबाट माग भएको रु. ६ अर्व ५३ करोड रुपैया थियो भने मन्त्रालयबाट ६ अर्व ५० करोड रुपैयाका लागि मन्त्रालबाट सहमति भएको छ । यसै आर्थिक वर्षमा खर्च हुने गरी लिबाङ–माडीचौर–घर्तिगाउ–पातीहाल्ने सम्मका लागि ४ अर्व ५० करोड रकम सुनिश्तिा भएको छ ।
यस्तै कणाली प्रदेशका जनताहरुलाई लाभान्बित हुने नागचौर सड़क बागचौर (१३.००० देखि गुटु–कर्णालीसम्मका लागि २ अर्व ६० करोडसमेत सुनिश्चता गरिएको छ । यस्तै नेपाल सरकारले पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत खुर्कोट राकाथुम सडक रामेछाप, राकाथुम दोलालघाट सडक रामेछापका लागि १ अर्व ७ करोड १ अर्व ६० करोड २ अर्व ८८ करोड विनियोजित भएको थियो भने यस आर्थिक वर्षमा ३ अर्व ८३ करोड ९२ प्रदान गरेको छ । सो योजनाका लागि ६ अर्व १५ करोडका लागि मन्त्रालयबाट सहमति प्रदान गरिएको बताउनुभयो ।
रोल्पाका अधिकाशं जनतालाई लाभाविन्भत हुने मदन भण्डारी राजमार्गका मन्त्रालयबाट रकम सुनिश्ताका लागि आफ्नो एकमात्रै मिसन बनाएर छलफल गरी निकर्षमा पुगेपनि अब ढुक्कता भएको रोल्पा जिल्लाका संघीय सांसद तथा पूर्व मन्त्री वर्षमान पुनमगरले बताउनुभयो । उहाँले भन्नुभयोः–“पहिले यसका बाटो कहाँबाट जाने भन्ने विषयमा बढी समय खचियौं, यसलाई किमिचौरबाट रोल्पाको लिबाङ माडिचौर, घर्तीगाउँ, पातिहाल्ना लग्न सफल भएका छाँै, अब काम पुरा हुन्छ । धेरै रोल्पाली हामीलाई फाइदा हुन्छ ।”
रोल्पा जिल्लाका बहुसंख्यक जनता लाभाविन्त हुने भएपछि रोल्पा लिबाङका केसरशहादुर सुनारले वर्षमान पुनमगरको पहलमा भएको यो कार्य निकै राम्रो भएको बताउनुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत धन्यवाद समेत दिनुभएको छ । यस्तै जिनाबाङका सामाजिक अभियान्ता टेकम वलीले यो मार्गले बढी गंगादेव र समग्र रोल्पालाई निकै हित हुने बताउनुभएको छ ।
रोल्पा जिल्लाको यस मार्गले धेरैलाई सकरात्क प्रभाव बनाउने कुरामा निश्चित छ । यसर्थ रोल्पा जिल्ला र जिल्लाबासीका लागि निकै सकारात्मक हो । यसले निरन्तरता पाउन र लक्ष्यमा पुग्नु पर्दछ ।

You may also like