नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वडा कमिटी गठन

चन्द्र रोका मगर
हार्जङ–रोल्पा


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका–७ नं हार्जङ रोल्पामा शनिबार वडा कमिटी गठन भएको छ । वडा कमिटीले पार्टीको गतिवधिहरुले विशेष प्राथमिकता रुपमा अगाडि बढ्ने भएको ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता केन्द्र, प्रदेश, जिल्ला, गाउँपालिका कमिटीहरुले पूर्णता पाएपनि शनिबार मात्र वडा कमिटीले पूर्ण पाएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका कमिटी रोल्पाको अध्यक्ष पर्शुराम घर्तीमगर, विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला कमिटी राजेन्द्र बुढाथोकी, अतिथिहरु नजिल्ला समन्वय समिति रोल्पाको सदस्य मिना पुन मगर, ेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका कमिटी रोल्पाको सचिव खिमबहादुर के.सी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका कमिटी रोल्पाको सदस्य गौसरा घर्तीमगर लगायतको आतिथ्यता थियो ।

भिमबहादुर गुरुङको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठन भएको छ । कमिटीको सचिव नरबहादुर पुनमगर, सदस्यहरु आलाराम पुन मगर, तिल्सरी पुनमगर, गोविन्द गिरी, टेके पुनमगर, बुद्धिसिङ पुनमगर, मनप्रसाद रोका मगर, यामबहादुर गिरी, पुट्टकी रोका मगर, गोविराम बि.क, प्रेम पुनमगर, शान्ति पुनमगर, नवराज रोका, हर्कनारायण गिरी, रमिता बि.क, हस्तराम पुन, टेकमा बि.क, मुक्त खड्का, बाला परियार, नेपाले बि.क, कर्णबहादुर परियार, खिमबहादुर पुन, चुमान गुरुङ, मेजन बि.क, वीरु बि.क, दिउमन पुनमगर, वीरे पुनमगर, रामसर पुनमगर चयन भएका छन् । त्यसैगरी बालाराम पुनमगरको संयोजकत्वमा १५ सदस्यीय वडा कमिटीको सल्लाकार समिति समेत गठन भएको छ । कार्यक्रममा वडा कमिटी पदाधिकारी, पार्टी सदस्य, शुभ चिन्तक लगायतको उपस्थिति थियो । कर्णबहादुर पुनमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन चुमानसिङ गुरुङले गर्नुभएको थियो भने स्वागत गोविन पुनमगरले गर्नुभएको थियो ।

You may also like