प्रदेश नं. ५ प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगरको एक टोलिले जंकोटको पहिरो क्षेत्रको अनुगमन

प्रदेश नं. ५ प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगरको एक टोलिले जंकोटको पहिरो क्षेत्रको अनुगमन
भाद्र ३ गते
भाबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is n1-1024x683.jpg

प्रदेश नं. ५ प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगरको एक टोलिले रोल्पा नगरपालिका–८ जंकोटको विभिन्न टोलको पहिरो क्षेत्रको आज अनुगमन गरेको छ । यस क्षेत्रको धेरै घरपरिवारलाई सुरक्षित स्थान्तरण गर्नुपर्ने स्थानीयको माग छ ।
यस ठाउँमा पहिरोले हालसम्म ७ घर भत्किएका छन् । ६४ घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन् । ७९ घरधुरीको खेतीयोग्य जमिन पहिरोले बगाएको छ । पहिरो पीडितलाई राहत दिने साथै विकासका कार्यहरुमा सहज सेवा प्रदान गर्ने उद्वेश्य स्वरुप रोल्पा नगरपालिकाको आयोजनामा उक्त टोलि सोही स्थान पुगेको हो ।

This image has an empty alt attribute; its file name is n3-1024x683.jpg

यस टोलिमा प्रदेश नं. ५ को प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगर, जिल्ला समन्वय समिति रोल्पाको प्रमुख प्रमुख राजबहादुर बुढामगर, सोही समितिको सदस्य कर्मलाल परियार, नगर प्रमुख पूर्ण के.सी, विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगर, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, खानेपानी डिभिजन प्रमुख अरबिन्द हुसेन, सशस्त्र प्र.ना.उ होमनाथ भट्टराई, सडक पूर्वाधार कार्यालयका निमित्त प्रमुख नविन श्रेष्ठ, खानेपानी कार्यालयका राज किशोर मण्डल, नेपाल विद्युत प्राधिकरण प्रमुख श्यामकुमार शर्मा लगायत विभिन्न विकासे कार्यालयसँग सम्बन्धित सरोकारवाला कार्यालयका प्रमुखहरु र विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिमा अनुगमन भएको हो ।

This image has an empty alt attribute; its file name is n4-1024x683.jpg

अनुगमन समितिले स्थानीयहरुसँग प्रत्यक्ष भेट गरेर उनीहरुलाई तत्काल राहतका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको नगरपालिका प्रेस संयोजक देवी गुरुङले बताउनुभयो । संविधान दिवसको अवसर पारेर सरोकारवालाहरुलाई प्रत्यक्ष स्थलमा स्थानीयहरुसँग भेटघाटको अवसरले निकै सकरात्मक परिणाम निस्कनेमा नगर प्रमुख पुर्ण के.सी.ले व्यक्त गर्नुभयो । त्यस्तै पहिरो प्रभावित क्षेत्रको अनुगमन टोलिमा सहभागिहरुलाई वडा अध्यक्ष सनसिंह बुढामगरले धन्यवाद ज्ञापन व्यक्त गर्नुभयो । पहिरोले घरबारमा क्षति पु¥याएपछि पीडितहरुले दुःखमै दिनचार्य बिताउन बाध्य भएका छन् । वडा अध्यक्ष बुढामगरको संयोजकत्वमा राहत संकलन समिति गठन भएको छ । यस समितिले राहत संकलन गरि स्थानीयहरुको तत्काल उद्धार कार्य भइरहेको समितिको सचिव कुमबहादुर पुनमगरले बताउनुभयो । पहिरो पीडितका लागि राहत देश तथा विदेशबाट संकलन हुने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।

You may also like