महराले पढेर पढाएको बाल कल्याण महराको पहलमा नमूना बन्यो

रोल्पा समाचार
२०७४, माघ २६ गते
निवर्तमान उपप्रधान मन्त्री एवं प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले रोल्पाको बाल कल्याणमा पढेर हाल आफूहरुले राजनीति एवं देशकोको उच्चतहमा जिम्मेवारी निर्वाह गरेकोमा गौरव गर्दै यसको विकासमा अझै निरन्तर लाग्ने बताउनुभएको छ । उहाँले बाल कल्याण विद्यालयको शैक्षिक एवं अन्य हिसाले नमूना बन्न लायक भएको बताउँदै अझै यसको विकास आवश्यकता भएको समेत बताउनुभयो ।
उपप्रधानमन्त्री कृष्णबहादुर महराले यस्तो विचार आफूले अध्ययन तथा अध्यापन गरेको नमूना बाल कल्याण मा.वि. लिबाङ रोल्पाले आयोजना गरेको पाँच वर्षे नमूना विद्यालय कार्यान्वय गुरु योजना निर्माण कार्याशाला गोष्ठीमा बोल्दै बताउनुभएको हो ।


आफूले करिव २२ वर्ष अध्ययन तथा अध्यापन गरेको विद्यालयले हाल नमूना बन्ने दिशामा अगाडि बढेकोमा खशी व्यक्त गर्दै भन्नुभयोः–“ मैले यही विद्यालयमा अध्ययन गरेर यसै विद्यालयमा विज्ञान विषय अध्यापन गराए हाल देशको उच्चतहमा जिम्मेवारी निर्वाह म लयागत अन्य साथीहरुले गरिरहेका छाँै यो विद्यालयको विकासको लागि निरन्तर लागेकै छु अझै पनि निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु ।” उहाँले नमूना बनाउनको लागि आवश्यक कुनै एउटा क्षेत्रमा आफ्नो पहलमा पूरा गर्ने समेत घोषणा गर्नुभएको छ ।
धेरै वर्ष योगदान गर्नुभएका महरा रोल्पा जिल्लाको सर्वमान्य राजनीतिक अभिभावकको रुपमा परिचित हुनु हुन्छ । रोल्पा जिल्लाबाट राजनीतिक कर्मथलो बनाउनुभएको महराले शैक्षिक गुणस्तरीय, भौतिक पूर्वाधारको विकास, शैक्षिक सामाग्रीको पूर्णता, संस्कार एवं सँस्कृतिले भरीपूर्ण भएमा नमूना बन्ने विचार व्यक्त गर्दै विद्यार्थीहरुको आकर्षण गर्ने र अन्यराष्ट्रिय बजारमा विकाउ विद्यार्थी निर्माण गर्नका लागि सबैलाई एक भएर लाग्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले रोल्पा जिल्लाको शैक्षिक विकसका लागि बाल कल्याण एउता नमूना भएको बताउँदै यसको विकास गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो भूमिका समेत पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममै रोल्पा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले नगरपालिकाको शैक्षिक कार्यक्रम अनुसार बाल कल्याण मा.वि.को कार्यक्रम अगाडि बढाउँदै लग्न अनुरोध गर्नुभयो । साथै रोल्पा नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्ने प्रतिवद्धता अनुसार काम गरिरहेको बताउँदै यसलाई जिल्लाको शैक्षिक केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्ष मानसिंह बिश्वकर्माले विद्यालयलाई सूचना र प्रविधि मैत्री गराई यसका गतिविधीलाई बाहिर लिनका लागि बेवसाइड सञ्चालन, सूचना अधिकारी, नियममित सञ्चारकर्मीहरुसँगको बसाई र जिल्लाका सञ्चारमाध्यमको सहकार्यमा कार्यक्रम उत्पादन गर्न सल्लाह सुझाव दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रचार्य मधुसुदन पोख्रेलले नमूना विद्यालयको कार्य योजना तथा हालको बाल कल्याण अवस्थाबारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले शैक्षिक अवस्था, भौतिक पूर्वाधार, विद्यालयको प्रशासन, विद्यालयमा भएको सूचना प्रविधि, विज्ञान प्रयोगशाला लगायतको बारेमा जानकारी गराउँदै अब विकासमा लाग्नका लागि निरन्तर लाग्नका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व सांसद लेखनाथ आचार्य, श्रोत व्यक्ति लोक कुमार श्रेष्ठ, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि आचार्य, सचेत अभिभावक फविन्द्र आचार्य, कुलबहादुर डाँगी, घनश्याम आचार्य लगायतले विद्यालयको अवस्थालाई सुधार गर्न नमूना बनाउनको लागि लागि पर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा रोल्पा नगरपलिकिा प्रमुख प्रशाकीय अधिकृत कमानसिंह थापामगर, श्रोत व्याक्ति राजेश धिताल लगायतको समेत आतिथ्यता रहेको कार्यक्रममा अभिभावक शिक्षक, विद्यालय व्यवस्थापन समिति लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।
कार्यशालाबाट विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलको संयोजकत्वमा नमूना विद्यालय गुरुयोजना निर्माण समिति निर्माण गरिएको छ । जसमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपान, शिक्षक अभिभावक संघका अध्यक्ष जितबहादुर डाँगी पदेन सदस्य रहने गरी कुलबहादुर डाँगी, फविन्द आचार्य, कविता विक, भरतमणी पोख्रेल, लेखमणी खड्का, भरतमणी पोख्रेल, मोतिराम अधिकारी सदस्य रहेको समिति गठन गरिएको छ ।

वि.व्य.स.का अध्यक्ष महेश न्यौपानेले सल्लाह सुझाववाई कार्यन्वयन गर्दै अगाडि बढ्ने बताउनुभयो ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक लेखमणी खड्काले सञ्चालन गर्नुभएको थियो ।

You may also like