घुस लिन नमान्ने प्रहरी निरीक्षक शंकर खड्का सहित ३६ जना ट्राफिक प्रहरी सम्मानित

घुस लिन नमान्ने प्रहरी निरीक्षक शंकर खड्का सहित ३६ जना ट्राफिक प्रहरी सम्मानित
२२ साउन, रोल्पा ।

This image has an empty alt attribute; its file name is p1.jpeg


घुस लिन नमान्ने प्रहरी निरीक्षक शंकर ख्डका सहित ३६ जना ट्राफिक प्रहरीहरुलाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्मान गरेको छ । सम्मानले प्रहरीलाई उत्कृष्ट कार्यका लागि प्रोत्साहन गर्ने भएको छ ।
‘के तपाई ट्राफिक प्रहरीलाई घुस दिई ट्राफिक कारबाहीबाट बच्न खोज्दै हुनुहुन्छ ?’– होसियार ! परिएला है ट्राफिकको फन्दामा, पुगिएला है हिरासतमा । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाहि गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारि निर्वाह गर्ने प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमबाट पुरस्कृत एवम् सम्मानित हुनुभएको छ । सम्मानित मध्ये ९ जना ट्राफिक प्रहरीलाई नगद सहित वृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कारबाट पुरस्कृति हुनुभएको छ । अन्यलाई खादा ओढाएर प्रशंसा पत्र सहित सम्मानित हुनुभएको हो । कार्य सम्पादनको क्रममा उत्कृष्टि प्रहरीलाई सम्मानले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले गरेको छ ।

This image has an empty alt attribute; its file name is p1.jpeg

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ्ग एवं निर्देशन दिँदै आएकाको फलस्वरुप घुस दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउने ३६ जनालाई आज पुरस्कृत एवं सम्मान गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो । ट्राफिक प्रहरीले नियम उल्लंघन कर्ताबाट पैसा लिन्छ भन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउँदै आएको एसएसपी भट्टराईले स्पष्ट पार्नुभयो । त्यस्ता खराब प्रवृत्ति बोकेका, घुस दिन खोज्ने चालकहरुलाई प्रहरीले दैनिक जसो पक्राउ गर्दै आएको छ । त्यस्ता चालकहरुलाई कुनै पनि बाहानामा छुट नहुने बरु यसलाई अझै कडाईको साथ लग्दै जाने समेत उहाँले बताउनुभयो । उहाँले संगठनले अख्तियार गरेको आर्थिक शुद्धिकरणको अभियानलाई थप उच्चमा पु¥याउन बफादार एवं निष्ठावान भइ आफ्नो जिम्मेवारी निर्वाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप सशक्त भई कर्तव्य पालनामा अग्रसर हुन शुभकामना सहित निर्देशन समेत प्रहरी कर्मचारीलाई दिनुभयो ।

This image has an empty alt attribute; its file name is p1.jpeg

नगद पुरस्कृत सहित सम्मानित प्रहरी निरीक्षक शंकर खड्का सहित प्रहरी सहायक निरीक्षक मणिकान्त झा, प्रहरी हवल्दार द्वय विनोद गोतामे र सन्तोष कुमार शाह साथै प्रहरी जवानहरु अमर यादव, केशव विष्ट, दिनेश श्रेष्ठ, देवीराम धमला, कृष्ण बहादुर शाही रहनु भएको छ । साथै प्रहरी हवल्दारहरु अशोक कुमार धवल, उमेश राम, कृष्ण कुमार प्रजापति, नारायण दत्त भट्ट, पदम सिंह धामी, प्रमानन्द यादव, वसन्त कुमार गौतम, वीरेन्द्र कलवार, शम्भु नारायण यादव, शिव नारायण चौधरी र प्रहरी जवानहरु कमल खड्का, अरुण अधिकारी, गणेश ओझा, गुणकर अवस्थी, दिनेश बि.क., प्रकाश थापा, प्रज्ञान के.सी, मनोज कुमार चौधरी, दिनेश लामा, महेन्द्र प्रसाद शर्मा, यशोदा भट्ट, राकेश कुमार शाह, राजेन्द्र कार्की, लक्षमण सिंह बोहोरा, बिजय सिंह ऐर, श्याम सुन्दर यादव, हेमन्त बहादुर खड्कालाई पनि खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको महाशाखाले बताएको छ । आम सवारी चालकहरूलाई ट्राफिक नियमको पुर्ण पालना गर्न र उल्लङ्घन पश्चात् हुने कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आनुरोध समेत गरेको छ ।
केहि समय यता ट्राफिकलाई प्रलोभनमा पार्न र घुस दिन हुन्न भन्ने मानसिकता व्यापक हँुदै गएको र चालकहरुमा समेत प्रभाव पर्न थालेको महाशाखाले जनाएको छ । यस प्रकारका गलत संस्कारले नियम नमान्ने परिपाटीमा थप बल पुग्नुको साथै समग्र सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा समेत असर गर्ने महाशाखाको बुझाइ रहेको छ । गत आ.व.मा घुस प्रहरीले बापत रु.९० हजार १५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको थियो ।

You may also like