मुख्य मन्त्री लक्षित गर्दै बम विष्फोट


मानसिंह विश्वकर्मा
जुगाँर–रोल्पा
५ नं प्रदेश नेपाल सरकार मुख्य मन्त्री सङ्कर पोख्रेललाई लक्षित गर्दै त्रिवेणी गाउँपालिकाको विभिन्न ठाउँमा बम विष्फोट भएका छन् । हिजो पनि उहाँलाई लक्षित गर्दै लिबाङ नजिकै ठाउँमा शक्तिशाली बम विष्फोट भएको थियो भने आज पनि त्रिवेणी गाउँपालिका–७ खर्क भन्ने ठाउँमा र जुगारमा बम विष्फोट भएको छ ।
मुख्य मन्त्री आज बिहान रोल्पा नगरपालिका–७ माडीचौरमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरी त्रिवेणी गाउँपालिका–जुगारमा आयोजित जनसभालाई सम्बोधन गर्न जाँदा बीच सडकमा बम बिम विस्फोट भएको हो तर बम विस्फोटबाट भने कुनै मानवीय क्षति नभएको सुरक्षा निकायले बताएको छ । बम कसले विष्फोट बनाएको हो भन्ने कुरा अझै सुरक्षा निकायले पत्ता लगाउन सकेको छैन तर नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ताले विष्फोट बनाएको हुन सक्ने आकलन सुरक्षा निकायले गरेको छ । सोही गाउँपालिकाको खर्क र जुगाँर ठाउँको नजिक बम विष्फोट भएको ठाउँलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको बताएको छ ।

You may also like