प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीको कार्यकालमा रोल्पामा शान्ति सुरक्षा कायममा सक्रियता बढ्यो


रोल्पा समाचारदाता
लिबाङ–रोल्पा
२६ गते ।

This image has an empty alt attribute; its file name is dsp-naresh-raj-bhandarai-1024x576.jpg

प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीको कार्यकालमा रोल्पामा शान्ति सुरक्षामा सक्रियता बढ्यो
जिल्ला प्रहरी कार्यालय रोल्पाद्वारा आर्थिक वर्ष २०७७÷२०७८ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पामा प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीको आगमनले शान्ति सुरक्षामा सक्रियता बढेको छ । अपराधिक समूहको सूचना पाउँदा वित्तिकै प्रहरी परिचालन भएपछि समूहलाई पक्राउ गर्ने र पक्राउ परेकाहरुको अनुसन्धान र मुद्धा चलाउने कार्यले तिव्रता पाएको छ । साथै , कोरोना नियन्त्रण तथा विपतको बेलामा पनि दु्रत गतिमा उद्धार कार्य समेत गरिएको नागरिकहरुले महसुस गर्न थालेका छन् ।
जिल्लामा गत आर्थिकमा १६० वटा र चालु आर्थिक वर्ष १९६ वटा अपराधि घटनाहरु वृद्धि भएको छ । प्रहरीले प्रमुख जघन्य अपराधका घटनाहरु, महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्वको अपराधिक घटना, यस अवधिमा फैसला कार्यान्वयनको अवस्था, लागू औषध बरामद, यस अवधिमा भएको एकमुष्ट प्रदेश गत राजस्व फैसला कार्यान्वयन, भंसार चोरी निकासी, पैठारी ख्इक्ष्ए, चुनचाँदी अवैध, मुद्र र काठ, ट्राफिक कारवाही तथा मास्क नलगाउनेलाई जरिवाना, चालु आर्थिक वर्ष बरामद हातहतियार, गोली गठ्ठा एवम् विष्फोटक पदार्थ सम्बन्धि प्रगति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरण अनुसार जिल्लामा गत आर्थिक वर्षको तुलनात्मक चालु आर्थिक वर्षमा अपराधका घटनाहरु वृद्धि भएका छन् । गत आर्थिक वर्षमा कर्तव्य ज्यान ६ वटा, चालु आर्थिक वर्षमा ७ वटा, ज्यान मार्ने उद्योग २ वटा, ४ वटा, जबरवस्ती करणी १४ वटा, १७ वटा, जबरजस्ती करणी १ वटा, ६ वटा दर्ता भएका थिए सबै टुङ्गिएका थिए । गत आर्थिक वर्षमा लागू औषधी सम्बन्धि मुद्वा दर्ता भएका छैन भने चालु आर्थिक वर्षमा ५ वटा मुद्वा दर्ता भएका छन् । साथै गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्व हुने अपराधहरु जबरजस्ती करणी १४ वटा, १७ वटा, जबरजस्ती करणी उद्योग १ वटा, ६ वटा, आत्महत्या दुरुत्साहन २ वटा, १ वटा मुद्वा दर्ता भएका छन् ।

This image has an empty alt attribute; its file name is aaulagi.jpg


त्यसैगरी ज्यान मार्ने उद्योग, बालबालिका विरुद्वको अप्राकृतिक मैथुन र अभद्र व्यवहार सम्बन्धि मुद्वा दर्ता भएका छन् भने सोही शीर्षकमा चालु आर्थिक वर्षमा क्रशः १ वटा, १ वटा र २ वटा मुद्वा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
साथै जिल्ला प्रहरी कार्यालय रोल्पाले यस अवधिमा फैसला कार्यन्वयनको क्रममा फरार अपराधी विगो रकम असुल तथा कैद अनुसार सवारी ज्यान जरिवाना रु २ हजार, कदै अवधि ००–०६–२०, कर्तव्य ज्यानको कदै अवधि २२–००–००, चोरी ६ हजार ३७०, कैद अवधि ००–०१–२९ बहु बिबाह १ हजार, कैद अवधि ००–०१–०१, वन २६ हजार ६३६, कैद अवधि ००–००–००, जुवा २ सय, कुटपिट ५१ हजार ४४६, कैद अवधि ०४–००–०० निर्धारित भएको छ । चालु आर्थिक वर्षमा अफिम २३ किलो १२० ग्राम, १० जनालाई पक्राउ गरी मुद्वा चलाएको, अफिम खेती १ हजार २३० बोट नष्ट गरी २ जनालाई पक्राउ गरी मुद्वा चलाएको, लागू औषध ६ किलो, १ जनालाई पक्राउ गरी मुद्वा चलाएको, ट्राफिक कारवाहीमा रु २० लाख ४९ हजार, मास्क नलगाउनेलाई जरिवाना रु ४ हजार ५ सय, फैसाल कार्यान्वयन रु ८७ हजार ६५२, उतिसको काठ रु ३८ हजार, चालु आर्थिक वर्षमा बरामद हात हतियार, गोली गठ्ठा एवम् विष्फोट पदार्थ भरुवा बन्दुक ६ वटा, बारुद ८५.८७ ग्राम, फलामका टुक्राहरु ३९ पिस, क्ःन् म्याग्जीन २३ थान, ःज्ञट को म्याग्जीन १ थान, ीःन् म्याग्जीन १ थान, ढmm को राउण्ड १० थान, ठ।टद्द को राउण्ड २०८ थान, ब्प्द्धठ को राउण्ड ७५२ थान, चालु आर्थिक वर्षमा अपराधिक क्रियाकलापमा सङलग्न अभियोजन १२२ वटा र १२३ जना पक्राउ गरेको जिल्ला कार्यालय रोल्पाका नायव उपरीक्षक नरेश राज सुवेदीलेब बताउनुभएको छ ।
यस्तै कोरोना नियन्त्रणमा जनचेतना, संक्रमितको सुरक्षा, आइसोलेन निर्माण, लक डाउनलाई कार्यन्वय गर्ने सवालमा पनि संक्रियता बढेको नागरिकको बुझाई रहेको छ । साथै बाढी पहिरो र विपतको बेलामा पनि प्रहरी जनतासँग हातेमालो गरेको छ । प्रहरी नरेश राज सुवेदीकै सक्रियतामा ह्वामाका पहिरो पीडित घाइतेहरुलाई हिलिकप्टरबाट उपचारका लागि उद्धार, त्रिवेणी नुवागाउँका अग्नी नियन्त्रण, लागु औषधमा संलग्नहरुलाई पक्राउ, चोरी बाइकहरुको नियन्त्रण लगायतका कार्यले प्रहरीको सफलता मानिदै गएको छ ।

This image has an empty alt attribute; its file name is logo-korana-bianra-1024x683.jpg


अपराधको संख्या बढेको बारेमा नायव उपरीक्षक नरेशराज सुवेदीले प्रहरीको संक्रियताले अपराधको संख्या बृद्धि भएको बताउनुभयो । अपराध बढेको होइन प्रहरीको खोजी, अनुसन्धान कार्यले नै अपराधको मुद्धाहरु दर्ता भइरहेको बताउनुभाये । उहाँले प्रहरीले जहिले पनि रोल्पाली जनताको शान्ति सुरक्षा अमन चयनका लागि नै अगाडि बढ्ने बताउनुभयो ।
प्रहरी बर्ढीधारी नागरिक हुन् भने जनता बर्दी विनाका प्रहरी हुन् यी प्रहरी र नागरिकहरुबीचमा नङ, र मासुको समन्ध कायम भएमा समाजमा अमनचयन, शान्ति सुरक्षा कायम हुने कुरामा निश्चित छ । प्रहरीले जनताको संयोगमा काम गरेमा जुन सुकै काम पनि सफल हुन्छ र समाजमा शान्ति सुरक्षा कायम हुन्छ ।

You may also like