रोल्पा आई.टि.एफ.को आयोजनामा तेक्वान्दो सेल्फडिफेन्स राष्ट्रिय अनलाईन प्रतियोगिता आयोजना

रोल्पा आई.टि.एफ.को आयोजनामा तेक्वान्दो सेल्फडिफेन्स राष्ट्रिय अनलाईन प्रतियोगिता आयोजना
असार १ गते
लिबाङ–रोल्पा

रोल्पा जिल्ला आई.टि.एफ तेक्वान्दो संघको आयोजना तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको संरक्षणमा प्रथम तेक्वान्दो आई.टि.एफ राष्ट्रिय अनलाइन सेल्फडिफेन्स प्रतियोगिता २०७८ आयोजना गरेको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरुले आफ्नो टिमको भिडियो आजको मितिदेखि मिति २०७८ असार २३ गते भित्र आयोजकलाई पठाउनुपर्नेछ र नतिजा नेपाल आई.टि.एफ.को सहकार्यमा असार २५ गते प्रकाशित गर्ने तयारी गरेकोे रोल्पा आई.टि.एफ. तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाठामगर बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम खेलाडीलाई पुरस्कार रु. ८ हजार र प्रमाण पत्र, द्वितीय खेलाडीलाई रु ५ हजार ५ सय र प्रमाण पत्र, तृतीय खेलाडीलाई रु ३ हजार र प्रमाण पत्रको व्यवस्था आयोजकले गरेको जानकारी दिनुभयो ।
प्रतियोगितामा विजय प्रथम पुरस्कारको प्रायोजन परिवर्तन गाउँपालिका २ राङ्सीको इन्द्रेणी युवा क्लवका संस्थापक अध्यक्ष धनशिङ रानामगर, द्वितीय पुरस्कार परिवर्तन गाउँपालिका २ राङ्सी कै पुर्व तेक्वान्दो खेलाडी यलिया सिमोन, तृतीय पुरस्कार भने आयोजकले प्रयोजन गरेको संघका सचीव कृष्ण प्रसाद बाठामगरले जानकारी दिनुभयो ।

You may also like