रोल्पामा सिचाइ राज्यमन्त्री पुनमाथी बम प्रहार

मानसिंह बिक
रोल्पा ३० कात्तिक लिबाङ
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उमेद्वार एवं सिचाई राज्यमन्त्री अमरसिंह पुनमाथी बम प्रहार भएको छ ।
सिंचाई राज्यमन्त्री एवम् नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बिहिवार रोल्पामा सुतली बम प्रहार भएको छ । विहान करिव १० बजे सदरमुकाम लिबाङबाट रुन्टीगढी गाउँपालिका २ जौलिपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा सुवर्णावती गाउँपालिका–१ घोडागाउँको भाग्रीबाङमा दिउसो १ बजे अज्ञात समूहले पुन सवार गाडीलाई लक्षित गरी सुतली बम विष्फोट गराएको रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो । विष्फोटबाट कुनै क्षति नभएको बताउनुभयो । उहाँले रोल्पामा सुरक्षा अवस्था गम्भिर बन्दै गएको बताउनुभएको छ । उहाँले सामान्यकृत बनाउने प्रयारमा लागेको बताउनुभयो । उहाँले सो स्थानमा अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
विष्फोटको घटनापछि राज्यमन्त्री पुनले जुनसुकै समूहले गराएको भएपनि यस्ता घटनाले कसैलाई फाइदा नहुने भन्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धीत समूहलाई आग्रह गर्नुभएको छ । रोल्पामा माओवादी केन्द्रका नेता वर्षमान पुनमगर र माओवादी केन्द्रका प्रदेश सभा सदस्यका उमेद्वार दिपेन्द्र पुनमगर (सिजल) र कुलप्रसाद केसी माथी आक्रमण गरिदै आएकोमा आज नेपाली कांग्रेसका नेता एवं सिचाई राज्यमन्त्री पुनमाथी पनि आक्रमण भएकोछ । यस घटनाले अब रोल्पामा सुरक्षाको अबस्था जटिल बन्दै गएको सुरक्षा निकायको विश्लेषण रहेको छ ।
सोही स्थानमाबाट हिजो बामगठबन्धनद्वारा आयोजित मसिनाको सुर्पालमा आयोजना चुनावी सभालाई सम्वोधन गर्नका लागि सोही बाटोमा घटना हुन सक्ने सुरक्षा टोलीले बताएपछि अर्काे सडक प्रयोग गरेर सो सभामा पुगेका थिए । सोही स्थानमा आज बम प्रहार भएको छ ।

You may also like