रोल्पा उद्योग वाणिज्य संघले नव आगन्तुक प्र.जि.अ. रानामगरलाई स्वागत

रोल्पा उद्योग वाणिज्य संघले नव आगन्तुक प्र.जि.अ. रानामगरलाई स्वागत
जेष्ठ, २९ गते
लिबाङ–रोल्पा


रोल्पा उद्योग वाणिज्य संघ रोल्पाले रोल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारी नव आगन्तुक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरलाई अतिथि स्वागत तथा भेटघाट कार्यक्रम लिबाङ सम्पन्न भएका छन् । उहाँलाई जिल्लाका विभिन्न सरोकारवाला निकायहरुले स्वागत तथा भेटघाट गर्दै आएका छन् ।
नव आगन्तुक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरले भन्नुभयो,‘यस जिल्लाको शान्ति सुरक्षा, विकास निर्माणमा समन्वय र सुशासन कायममा रोल्पा उद्योग वाणिज्य संघ सहित अन्य विभिन्न सरोकारवाला निकायहरुसँग सहकार्य समन्वयलाई म विशेष प्राथमिकता दिनेछु । बजार अनुगमनमा व्यवसायिहरूलाई आतङकित बनाउने गरी होइन कि गैर कानुनी कार्यहरू न्युनिकरणमा उद्योग व्यवसायी सहित अन्य सरोकारवाला निकायसँग सहकार्य समन्वय गर्दै प्रभावकारी बजार अनुगमनको व्यवस्था मिलाइनेछ । यति बेला नोबेल कोरोना भाइरस (कोभिड–१९)को कारण विशेष गरी उद्योग व्यवसायीहरु प्रभावित भएको अवस्थामा अब संघीय सरकारले आर्थिक चलायमान नीति अबलम्बन गरी कार्यन्वयन गर्ने छ । यस जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी भूमिका निर्वाह गर्दै गर्दा मलाई रोल्पा उद्योग वाणिज्य संघ सहित अन्य सरोकारवाला निकायहरुबाट पूर्ण रुपमा साथ सहयोगको म अपेक्षा गर्दछु ।’
त्यसैगरी स्वागत तथा भेटघाट कार्यक्रममा नेपाल    उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य एवं रोल्पा उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष किशोर कुमार आचार्य, निर्वमान अध्यक्ष बालकृष्ण सुवेदी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकालय अध्यक्ष महेश न्यौपाने अतिथिहरुले नव आगुन्तकको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरको सुखत बसाई सहित उपलब्धिमूलक बनोस् भन्दै शुभकामना मनतव्य राख्नुभएको थियो । उहाँहरुले रोल्पा जिल्लाको रोल्पालिहरूले कुशल प्रशासक पाएको महशुस हुने गरी नव आगन्तुक प्रमुख जिल्ला अधिकारी रानामगरलाई सोही अनुसारको कार्य सम्पादनमा ध्यान पु¥याउन अनुरोध गर्नुभएको थियो । द्दन्दको समयमा राष्ट्र सेवक कर्मचारीहरु विभागिय कारबाही स्वरूप रोल्पा जिल्लामा आउने क्रम थियो । तर, शान्ति प्रक्रियापछि राष्ट्र सेवक कर्मचारिहरू आफै आउने वातावरण सिर्जना भन्दै सुखी सेमत व्यक्त गर्नुभएको थियो । उहाँहरुले कुशल प्रशासकका लागि रोल्पालिहरू कहिल्यै बाधक नबनी सहयोग भूमिका निर्वाह गर्दै आएको बताउनुभएको थियो । यस जिल्लामा अख्तियारी अनुसन्धन कार्यालयमा आर्थिक अनिमताको उजुरी न्यून भएको हुँदा यस सम्बन्धि जनचेतना फैलाउनु पर्ने आवश्यक औल्याउनुयो । यस कार्यालयमा न्यून उजुरी पर्नुभनेको यस जिल्लामा आर्थिक अनिमितताको नै हुँदैन भन्ने चाही होइन, जनचेतनाको कमीले यस कार्यालयमा उजुरी न्यून दर्ता भएको उहाँहरुले बताउनुभयो । राज्यले व्यवसायिहरूलाई गर्ने व्यवहार परिवर्तन भएको छैन । तर, अब राज्यको व्यवहार परिवर्तन गर्न आवश्यक छ । त्यसैले राज्यले व्यवसायिमाथिको कर्तव्य र दायित्व पूरा गर्नुपर्ने जोड दिनुभएको थियो । नव आगन्तुक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरलाई रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्दले पूmलमाला र अविर सहित मायाको चिनो प्रदान गरी स्वागत गर्नुभएको थियो । उहाँकाे अध्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन महा सचिव मिलन रोकामगरले गर्नुभएको थियो भने यस कार्यक्रममा कार्य समिति पदाधिकारी सहित सरोकारवाला निकायहरुको सहभागिता थियो ।

You may also like