“नेपाली लेखकहरुले समाज परिवर्तनमा योगदान गर्नुपर्दछ’ ने.का. राेल्पा सभापति आचार्य


रोल्पा समाचारदाता
बैशाख १६ लिबाङ
नेपाली लेखक सघं, रोल्पाको आयोजनामा प्रथम राष्ट्रिय लेखक दिवस २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शनिबार लिबाङमा सम्पन्न भएको छ । लिबाङमा नेपाली कांग्रेस पाटी कार्यालयमा प्रमुख अतिथि नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कमार आचार्यको सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले लेखकहरुले समाज परिवर्तनका लागि योगदान दिनुपर्ने बताउनुभयो । नेपाली लेखकहरुले सधै जनता र देशको पक्षमा कलम चलाउनको लागि अनुरोध गर्दै लेखकहरुले समाजहरुलाई मार्ग दर्शन गर्नुपर्ने बताउनुभयो । साथै आचार्यले नेपाली लेखक प्रथम राष्ट्रिय लेखक पुरुस्कार २०८० बाट सम्मानित हुनुभएकोमा बरिष्ठ साहित्यकार एवं संस्कृतिविद बैरागी काइलालाई बधाई समेत दिनुभएको थियो ।
कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय कोषाध्यक्ष दामु मर्सिफूलले नेपाली लेखक संघले नेपाली लेखकहरुले समाज परिवर्तनका लागि गरिएका प्रयास तथा योगदानहरुलाई सँस्थागत गर्नका लागि लाग्नु पर्ने बताउनुभयो । उहाँले राष्ट्रिय लेखक दिवसको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पुर्व सभापतिद्वय सभापति माधवप्रसाद आचार्य र सभापति कृष्णबहादुर घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका उपसभापति कविता उपाध्याय, निवर्तमान उपसभापति इन्द्रबहादुर खत्री, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य भगवति मल्ल, साहित्यकार डी.वी. टुहुरो, लुम्बिनी वाङ्मय प्रतिष्ठान रोल्पाका अध्यक्ष ओम केसी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, नेपाल पत्रकार महासंघ रोल्पा सँस्थाक अध्यक्ष काशीराम डाँगी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष खेम बुढामगर, निवर्तमान अध्यक्ष महेश न्यौपाने, नेपाल पत्रकार महासंघका निवर्तमान मानसिंह विश्वकर्मा, प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द, जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाका नेविसंघ इकाई कमिटीका अध्यक्ष दिपक विष्ट लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली समाजलाई रुपान्तकरणका लागि योगदान गर्नुपर्ने बताउँदै शुभकामना आदान प्रदान गर्नुभएको थियो । कार्यक्रम नेपाली लेखक संघ रोल्पाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो भने सहसचिव उमा बस्नेतले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका सहभागीलाई शाखाका कोषाध्यक्ष कल्पना शर्माले गर्नुभएको थियो ।

You may also like