रोल्पामा युवाहरुद्वारा निर्माण तहरा अस्पताललाई हस्तातरण


रोल्पा समाचारदाता
बैशाख ३० रोल्पा

This image has an empty alt attribute; its file name is korna-tiph.tif-news-copy-1024x724.jpg

कोरोना भाइरसको दोस्रो चरणको लहर तिव्र रुपमा बढीरहेको बेलामा आफ्ना नागरिकको उपचार एवं सुरक्षा गर्नका लागि वाइसिएल नेपाल नगर कमिटी र माधन नेपाल समूह युवा संघ नेपालको संयुक्त सहकार्यमा रोल्पा नगरपालिका वडा नं। २ रेउघा बसपार्कमा १५ बेडको बहु उपयोगी अस्थायी आइशोलेशन रोल्पा अस्पतालाई हस्तातारण गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द आचार्य र रोल्पा अस्पतालका प्रमुख प्रकाश बुढाले ग्रहण गर्नुभएको हो । अस्थायी आइशोलेशन भवन निर्माण गरी नगर प्रमुख केसीको रोवहरमा हस्तातरण गरेको हो ।
रोल्पा जिल्लामा पनि कोरोना भाइरसको संक्रमण गाउँ–गाउँमा फैलिएकोले यति बेला वाइसिएल नेपाल लगायत युवाहरुको पहिलो दायित्व नागरिकको सुरक्षा नै भएकाले आफूहरु अस्थायी आइशोलेशन निर्माण कार्यमा लागेको वाइसिएल नेपालका नगर नेता प्रकाश डाँगीले बताउनुभयो । उहाँले आफूहरुले आधुनिक प्रकारको निर्माण भन्दा पनि यो विपतको बेलामा जनतालाई बाहिर खुला आकास उपचार भन्दा पनि यसमा राखेर उपचार गर्न सकिने बताउनुभयो । उहाँले निर्माण कार्यमा बास उपलब्ध गराई सहयोग गर्ने रोल्पा न।पा। २ थलिबाङका जीवतबहादुर डाँगी, विनोद डाँगी, पिपल चौतारा निवासी एवं जलजला क्याम्पसका क्याम्पस प्रमुख विष्णु आचार्य, घरेलु तथा सना उद्योग विकास समितिका पूर्व कार्यलय प्रमुख बालकृष्ण आचार्य, नेकपा एमाले माधव नेपाल समूहका जिल्ला सदस्य नन्दकुमार आचार्य र केही खर सहयोग गर्ने तित्रिकोटका भक्तबहादुर विष्ट लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।


टहरा ग्रहण गर्दै रोल्पा अस्पताल विकास समितिका अध्यक्ष फविन्द आचार्यले भवनको गुणस्तर भन्दा पनि युवाहरुले लिएको स्वयमसेवी भावना र जागरणको सम्मान गर्दै यस भवनलाई महामारीमा यसलाई अझै विस्तार गरी प्रयोगमा लिइने बताउनुभयो । उहाँले वाइसिएल र युवा संघलाई धन्यवाद दिनुभएको थियो ।
यसै रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले जनताको जीवन सुरक्षामा युवाहरु जागरुक र सचेतनाको अभियान सञ्चालन गर्नका लागि लाग्नुपर्ने बताउनुभयो । यसैगरी युवाहरुले देशमा भइरहेको आपत विपतमा सहयोग गरी देश र नागरिकलाई सहयोग गर्नका लागि अपिल गर्नुभयो ।

दुवै संगठनको सहकार्यमा १५ जना युवाहरुले ८ दिनको जनश्रमदान र आर्थिक लगानी गरी निर्माण गरेका हुन् । त्यसलाई अस्पताले जे काममा पनि प्रयोग गर्न सकिने बताएको छ । यसलाई समयमै सहकार्य गरेको भए स्वास्थ्य सँस्थालाई अन्य समयमा उपयोग हुने किसिमले पनि बनाउन सकिने रोल्पा अस्पतालका प्रमुख प्रकाश बुढाले बताउनुभयो । युवाहरुको यो कार्यलाई सबैले सकरात्मक रुपमा लिएका छन् अन्य दिनमा पनि यस्तै समाजिक कार्य गरी जनताको हितमा काम गर्नका लागि अनुरोध गरेका छन् ।

हस्तारण कार्यक्रममा रोल्पा नगरपालिका नगर प्रमुख पूर्ण केसी, रोल्पा अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्य, रोल्पा अस्पतालका प्रमुख डा. प्रकाश बुढामगर, रोल्पा अस्पतालका डा. आधार वली, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा, पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, युवा संघ नेपालका रोल्पा जिल्ला अध्यक्ष धनराज डाँगी, निवर्तमान ऊर्जा मन्त्रीका वर्षमान पुनमगरका स्वकीय सचिव सन्तोष पुनमगर, अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य किरण बुढामगर लगायतको आतिथ्यता रहेको थियो ।

You may also like