गर्भवती आमा उपहार कार्यक्रम

साउन २८
सुलिचौर रोल्पा


सुनिलस्मृति गाउँपालिका कार्यालय रोल्पाले आमा उपहार कार्यक्रम कार्यन्वयनमा अगाडि बढाएको गाउँपालिका उपाध्यक्ष वागमति थापा क्षेत्रले आज एक कार्यक्रम मार्फत सर्वाजनिक गर्नुभएको छ । जुन कार्यक्रम आमाहरुलाई थप सहयोग पुग्ने भएको छ ।


गाउँपालिका उपाध्यक्ष वागमति थापा क्षेत्रीले आफ्नै कार्यकक्षमा आमाहरुसँग छलफलबाट आमा उपहार कार्यक्रम कार्यन्वनमा ल्याउने तयारी गरेको बताउनुभयो । उहाँले छलफलमा भन्नभयो–“सुत्केरी हुँदा आमाको पीडा कस्तो हुन्छ भन्ने कुरा मैले राम्रोसँग बुझेको र भोगेको समेत छु । हाम्रा गाउँपालिकामा कति आमाहरुले सुत्केरी हुँदा आवश्यक पर्ने सामाग्रीहरु किन्न नसकि धेरै समस्याहरु भोगेको समेत मैले आफै देखेको हुँदा गर्भवती आमा उपहार कार्यक्रम गाउँपालिकाले अगाडि बढाउँदै छ ।” उहाँले बजारमा एकथरी मानिसहरुले उपाध्यक्षले आफ्नो सस्तो लोकप्रियाताको लागि यो कार्यक्रम सञ्चालन गर्न लागेको हल्ला फैलाइ रहनुभएको छ तर मैले भन्ने गरेको छु एउटी आमा भएर हेर्नुस् आमाको पीडा कस्तो हुन्छ भनेर बजारमा हल्ला गरे जस्तो होइन आमा, एउटी सुत्केरी भएकी आमाले आफ्नो नव शिशुलाई एक जोड कपडा किन्न नसक्दाको आवस्था हेर्नुस्, आमाले त्यहि रक्त्याम्मे लुगा फेर्न नसकेको अवस्थालाई हेर्नुस्, घरमा पोशिलो खाना नपाएर आमाको दुध नआएर त्यो नाबालकको रुवाइ कस्तो हुन्छ त्यो एउटै आमालाई मात्र थाहा हुने भएको हुँदा मैले यो कार्यक्रमलाई अगाडि बढाउन खोजेको बताउनुभयो । गाउँपालिकाबाट सञ्चालन हुने कार्यक्रमहरुलाई तपाईहरुको महत्वपूर्ण सल्लाह सुझावको समेत अपेक्षा गरेको छु जसले गर्दा कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सकिने छ उपाध्यक्ष क्षेत्रीनीले बताउनुभउको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाज ले बताउनुभयो ।

You may also like