एन्टीजेन परिक्षण किटको नभएपछि चेक नै नगरी उपचार गर्न वाध्यछन् स्वास्थ्यकर्मीहरु


मानसिंह विश्वकर्मा
बैशाख २९

This image has an empty alt attribute; its file name is antjen.jpg


कोरोनाको दोस्रो चरणको लहर नेपालमा तीव्र रुपमा फैलिएको बेला रोल्पा जिल्लामा २०५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । रोल्पा जिल्लाका धेरै स्थानीयतहका गाउँहरुका नागरिक विरामी परिरहेका छन् । एन्टीजेन परिक्षण किट जिल्लमै एउटा पनि नहुँदा चेक नै नगरी कोभिडको उपचार गर्न स्वास्थ्य कर्मीहरु वाध्य भएका छन् ।
“मलाई ज्वरो बढेको थियो मलाई पनि चेक हुन्छ होला भनेको थिए लाइनमै बसेको थिए । म भन्दा अगाडिका ७ जनालाई मात्रै चेक भयो, उहाँहरुको सबैको पोजिटिभ आयो हेर्दा हेर्दै किट सकियो, हामी सबै लाइनमा रहेका विरामीहरुलाई स्वासथ्य परामर्श र औषधी दिएर मात्रै पठाए ” चेक गर्न आएका एक विरामीले भने ।
जिल्ला अस्पताल रेउघाका डा. प्रकश बुढामगरले आफूहरुले गर्न खोजेर मात्रै हुँदैन रहेछ, किटको समस्या रहेकाले चेक गर्नुभन्दा उपचार गरिहेको बताउनुभयो । उहाँले भन्नुभयोः–“परिक्षण गर्दा सबैलाई प्राय लक्षण देखिएला जस्तो छ तर किट छैन के गर्ने हामी वाध्य छौँ, चेक नगरी उपचार गर्न । ”
रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले एन्टीजेन किट नभएकोले चेक भन्दा उपचारमै ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले रोल्पा अस्पतालको पहलमा लिएर भएपनि चेक गर्ने भन्ने कुराकानी भइरहेको समेत बताउनुभयो । रोल्पाका स्थानीयतहमा पनि किट नहुदाँ स्वास्थ्य उपचार र परामर्श गर्दै घर फर्काउन वाध्यछन् ।
विरामीहरु रोल्पा अस्पतालमा आउँदा त्रसित नै भएर प्रवेश गर्ने गर्दछन् । अन्य विरामीहरु पनि कोरोना संक्रमितहरुसंग भेट भएमा जीवन जोखिम हुने डरमा स्वास्थ्य सँस्थामै आउन मानिरहेका छैनन् । उनीहरु बरु आफै घरमा बसेर उपचार गर्न वाध्य छन् ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले रोल्पा जिल्लामा अभाव रहेको हाज सुलिचौरमा रहेको २० वटा मागेर काम चलाउन पहल गरेको बताउँदै सरकारसँग माग गरेको बताउनुभयो ।
रोल्पा जिल्लामा किटको अभाव हुदाँ निकै समस्या भएको छ । विरामी धमाधम परेपनि चेक गर्नका लागि कुनै साधन छैन । मानिसहरु चेक गर्ने, अस्पतालमा जाने भन्दा पनि होम आइसोलेसनमा बस्ने गाउँभरी फसको आगो अभैm सल्किरहेको छ । यसमा जोगाउनका लागि किटको अनियार्य आवश्यकता रहेको छ ।

You may also like