वागमती प्रदेश काभ्रे जिल्ला निबासी सशांक नापित जुनियर भर्चुअल तेक्वान्दो आई.टि.एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप

वागमती प्रदेश काभ्रे जिल्ला निबासी सशांक नापित जुनियर भर्चुअल तेक्वान्दो आई.टि.एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप
असार २५ गते
लिबाङ–रोल्पा


दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो आई.टि.एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिपमा वागमती प्रदेश काभ्रे जिल्ला निबासी सशांक नापित च्याम्पियन बन्न सफल बन्नु भएको छ ।
रोल्पा आई.टि.एफ तेक्वान्दो संघको आयोजनामा बुधबार सम्पन्न भएको च्यम्पियनसिपको प्रथम शसांक नापित प्याट्रनतर्फ च्याम्पियन घोषित हुनुभएको हो । ५ नं. प्रदेश पाल्पा जिल्लाका निरज थापा दोस्रो र गण्डकी प्रदेश बाग्लुङ जिल्लाका अनिल थापा तेस्रो भएको प्रतियोगिताको संयोजक एवं संयोजक तथा रोल्पा आई टि एफ संघको अध्यक्ष बिक्रम बाठामगरले बताउनुभयो । यस च्याम्पियनसिपमा पाँच पक्ष राखिएको प्याट्रन निर्धारणमा कुल ३४ स्कोर रहेको थियो, जसमध्ये शसांक नापित ले २९ अंक, निरज थापाले २६.५ अंक र अनिल थापाले २४ अंक प्राप्त गरी क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान विजय हुनुभएको हो । नेपाल आई. टि.एफ.महासंघका रेफ्री चेयरमेन प्रवीन कुमार कार्कीको नेतृत्वमा सात सदस्यीय राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रेफ्रीहरुले महासंघ र जिल्ला संघको सहकार्यमा प्रतियोगि खेलाडीको पठाएको भिडियोको मुल्याङकनको आधारमा भिडियो कन्फेरेन्स मार्फत नतिजा सार्वजनिक गरेको आयोजकले बताएको छ । यस प्रतियोगितामा देशभरिबाट जम्मा १७६ जना प्रतियोगि खेलाडिहरु सहभागिता थियो ।
यस प्रतियोगिताको समापनमा प्रमुख अतिथी नेपाल आईटीएफ महासंघका अध्यक्ष तथा दक्षिण एसिया आई.टि.एफ. महासंघ उपाध्यक्ष र एसियन तेक्वान्दो आईटीएफ महासंघका सदस्य समेत रहेका अन्जन धमलाले नोबेल कोरोना भाइरस (कोभिड–१९)को महामारीको समयमा भर्चुअल च्याम्पियनसिपको अवधारणाले खेलाडिहरुलाई थप आत्म विश्वास बढाउनुको साथै खेल विकासमा पनि सहयोग पुगने विश्वास व्यक्त गर्नुभएको थियो । पछिल्लो समयमा कोरोना भाईरसको माहामारी बढिरहेको अवस्थामा यस खेल आयोजनाले खेलाडिहरुले लकडाउनकै समयमा घरबाटै पनि आत्म तयारी गरि खेल कौशललाई अगाडि बढाउन अवसर र खेलाडिहरुलाई थप सक्रिय बनाउने उद्वेश्यले भर्चुअल च्याम्पियनसिप आयोजना गरिएको प्रतियोगिता संयोजक विक्रम बाठामगरले बताउनुभयो । यो महामारीका कारण खेलकुदका सबै गतिविधि रोकिएको छन् यस्तो अवस्थामा खेलाडिलाई शारीरिक तथा मानसिक रुपमा स्वास्थ, तन्दुरुस्त, खेलमै क्रियासिल बनाउन यस प्रतियोगिताले थप सहयोग पुगेको छ । च्याम्पियनसिपको प्रथमले रु ५ हजार, दोस्रोले रु ३ हजार ५ सय र तेस्रो विजय प्रतियोगिलाई रु २ हजार ५ सय नगद पुरस्कार र प्रमाण पत्रको व्यवस्था आयोजकले गरेको छ । यस च्याम्पियनसिपमा नगद पुरस्कारको प्रयोजन परिवर्तन गाउँपालिका रोल्पा निबासीहरु सुरेश बाठामगरले प्रथम, मिलन सुनुवारले दोस्रो र ओपेन्द्र रोकामगरले तेस्रो पुरस्कार प्रायोजन गर्नुभएको थियो । रोल्पा आई टि एफ संघले यस जिल्लामा लक डाउनको समयमा पनि यस प्रतियोगिता सहित अन्य विभिन्न स्तरको प्रतियोगिताहर पनि सम्पन्न गरी सेकेको छ । पछिल्लो समयमा यस संघ खेलकुद क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

You may also like