नेकपा प्रचण्ड–माधव पक्ष प्रेस संगठन रोल्पाको भेला प्रतिनिधिसभा पुनः स्थापना नभए तेस्रो जनआन्दोलन हुन्छः लुम्बिनी प्रदेशसभा सदस्य पुनमगर

नेकपा प्रचण्ड–माधव पक्ष प्रेस संगठन रोल्पाको भेला ।
प्रतिनिधिसभा पुनः स्थापना नभए तेस्रो जनआन्दोलन हुन्छः लुम्बिनी प्रदेशसभा सदस्य पुनमगर
फागनु ९ गते

This image has an empty alt attribute; its file name is r1.jpg


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष प्रेस संगठन नेपाल जिल्ला शाखा रोल्पाको भेला तथा प्रशिक्षण कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य जिल्ला इञ्चार्ज तथा लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुन मगरले प्रधानमन्त्री खद्क प्रसाद शर्मा ओलीको असंवैधानिक कदम प्रतिनिधिसभा विघटन सर्वाेच्च अदालतमा विचरारधीन अवस्थामा रहेता पनि अहिलेसम्मको बहसले अनौपचारिक रुपमा प्रतिनिधिसभा पुनः स्थापना भएको दाबी गर्नुभयो । पार्टीको आधिकारिता र चुनाव चिन्हको विषयमा के.पी ओलीको समूहले पाउने अवस्था भएमा निर्वाचन आयोगले निवदेन परेको केही दिनमा फैसाल गर्द थियो तर, नियम अनुसार पार्टीको आधारिकता र चुनाव चिन्ह सुर्य प्रचण्ड–माधवले पाउने अवस्था भएपछि आयोगले निर्णयमा ढिलाई गरेको उहाँको भनाइ छ । पार्टीको नेतृत्वमा देशभरि विभिन्न ठाउँमा आयोजित प्रतिनिधिसभा विघटनको विरोधमा सहभागी जन सागरले पनि सर्वाेच्च अदालत र निर्वाचन आयोगलाई जन दबाब सिर्जना गरेको प्रमुख अतिथि पुनमगरले बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र संविधानको भावना विपरितको असंवैधानिक कदम प्रतिनिधिसभा विघटनको पक्षमा सर्वाेच्चले फैसला नगर्ने विश्वास व्यक्त गर्नुभयो । तर, इतिहासमा सर्वाेच्चले असंवैधानिक कदम संसद विघटनको पक्षमा फैसाल गरेको उहाँले बताउँदै प्रतिनिधिसभा विघटनको पक्षमा अदालतले फैसाल भए तेस्रो जनआदोन सुरुवात हुने उद्घोष गर्नुभयो ।
त्यसैगरी कार्यक्रमा प्रेस संगठन नेपालको केन्द्रीय कार्यालय सदस्य मनोज घर्तीमगरले के.पी. ओलीको असंवैधानिक कदमको विरुद्व जिल्ला शाखा एक जुटभएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले जिल्ला शाखाको एक जुटले देशभरि एकता सन्देश रोल्पाले दिएको बताउनुभयो । के.पी. ओलीको स्वच्छेचारी प्रतिगमनकारी प्रतिनिधिसभा विघटन गरी अगाडि बढ्न खोज्दा प्रेस संगठन नेपाल पनि औपचारिक ओलीको असंवैधानिक कदमको विरुद्वमा उत्रिएको उहाँको भनाइ छ । असंवैधानिक कदमको जय–जय कार गर्ने पत्रकारहरु मुल संगठनबाट छुटिएर गएपनि संगठनले नयाँ संरचना सहित अगाडि बढेको उद्घोष गर्नुभयो । मुल संगठनबाट केही पत्रकारहरु छुटिएर जाँदैमा संगठनलाई केही प्रभाव पर्ने घर्तीमगरले बताउनुभयो । उहाँले प्रेस संगठन नाताले होइन विचारको आधारमा अगाडि बढेको उद्घोष गर्नुभयो । उहाँले प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशको सह–संयोजक मानसिंह विश्वकर्मा संयोजकमा चयन हुनुभएकोले बधाई तथा सफल कार्यकालको शुभ कामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश संयोजक मानसिंह विश्वकर्मालाई प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज एवम् लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुनमगर र प्रेस संगठन नेपाल केन्द्रीय कार्यालय सदस्य मनोज घर्तीमगर र मौसम रोकामगरले अविर ल्यापन गरी सम्मान गर्नुभएको थियो । उहाँले संगठनले दिएको प्रदेश संयोजकको जिम्मेवारी सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो । प्रदेश संयोजक भूमिका निर्वाहको क्रममा सम्पूर्ण जिल्ला शाखाहरुलाई साथ सहयोगी भूमिका लागि प्रदेश संयोजक विश्वकर्माले अनुरोध गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य नविन लोचन मगर, प्रदेश सदस्य घनश्याम के.सी. लगायतको आतिथ्यता थियो । प्रेस संगठन नेपाल जिल्ला शाखा रोल्पाको संयोजक देवी कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह संयोजक विमलराज डाँगीले गर्नुभएको थियो ।

You may also like